बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई 'मेन्सन' गर्दै विश्वप्रकाशको प्रश्न- मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने?

प्रधानमन्त्रीलाई 'मेन्सन' गर्दै विश्वप्रकाशको प्रश्न- मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्, 'जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?'
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन्। 

triton college

प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'मेन्सन' गर्दै प्रवक्ता शर्माले ट्विटमा प्रश्न गरेका छन्, 'जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?'

आफू दलितकी छोरी भएकै कारण आफूलाई कोठा नदिइएको भन्दै रुपा सुनारले प्रहरीमा घरबेटी विरुद्ध उजुरी दिएकी थिइन्। उनै घरबेटी बुधबार शिक्षामन्त्री श्रेष्ठको गाडीमा सिंहदरवार परिसरबाट सरर बाहिरिएकी थिइन्। 

'जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ प्रधानमन्त्रीज्यू?  हिजो गिटार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ?,' प्रवक्ता शर्माको प्रश्न छ। 

 

प्रकाशित: Jun 23, 2021| 13:54 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।