मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा आज ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै

ललितपुरमा आज ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै

ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाउने भएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- ललितपुर महानगरपालिकाले आज ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाउने भएको छ। 

triton college

महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिशिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप आज बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ।

ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकका लागि लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा खोपकेन्द्र तोकेको छ।

यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल) मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्राङ्गणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्नेछ।

त्यस्तै वडा नम्बर २६ र २७ का नागरिकले सुनाकोठी (बालकुमारी स्कुल) मा, वडा नम्बर २१ र २२ का नागरिकले कार्यविनायक स्कुलमा, वडा नम्बर २८ र २९ का नागरिकले हरिसिद्धि स्वास्थ्यचौकीमा र वडा नम्बर १८ र १५ का नागरिकले सैंबु स्वास्थ्यचौकीमा खोप लगाउन आग्रह गरिएको छ। 

corrent noodles
Metro Mart

खोप लगाएका व्यक्तिले पहिलो मात्रा लगाएको खोपकार्ड र उमेर खुल्ने प्रमाणपत्र लिएर खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ।

प्रकाशित: Jun 23, 2021| 03:58 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।