बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले संसदमा भने : चीनको चासोलाई ध्यान दिन्छौं

प्रधानमन्त्रीले संसदमा भने : चीनको चासोलाई ध्यान दिन्छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षअघि आफूले विगतमा चीनसँग गरेकै सम्झौता धेरै ऐतिहासिकाले त्यही सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने बताएका छन्।
 
छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुअघि सोमबार प्रतिनिधिसभाको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘बेल्ट एण्ड रोड इनिसिएटिम (बीआरआइ) भनेर चीनले अघि सारेको अभियानले कनेक्टभिटि बढाउने, उपलब्धी शेयर गर्ने र मल्टिडाईमेन्सन कनेक्टीभेटी र लगानीका क्षेत्रमा के कसरी? अघि जान सकिनछ भनेर काम गर्छ।’ 

उनले ट्रान्स हिमालयन मल्टिडाईमेन्सन टान्सपोर्ट नेटवर्कले सडक, बन्दरगाह, रेलमार्ग, हवाई मार्ग र अप्टिकल फाईबर निर्माण, उत्तर– दक्षिणका नाकाहरु निर्माण गर्ने र केही थप करिडर निर्माणमा समझदारी हुने समभावना रहेको वताए। 

विगतमा रेल, क्रस बोर्डर ट्रान्समिसन लाईनका सहमति भएकोले तिनलाई मूर्त रुप दिन छलफललई केन्द्रीत र हाम्रा प्राथमिकतालाई भ्रमणको समयमा प्रष्ट पार्ने वताए। 

चीनसँगको सम्वन्धलाई कसिलो, व्यवहारिक र पारस्परिक लाभदायक बनाउन छिमेकीसँगको सम्वन्धलाई विशेष जोड दिएको जनाए। 

असार ५ देखि १० सम्म चीनको औपचारिक भ्रमण गर्न लागेका ओलीले सहयोग, सहकार्य र संयुक्त (नीजि) क्षेत्रको लागनीको आधारमा कनेन्टीभिटी बढाउने र मल्टीडाईमेन्सनल सम्वन्ध, परस्परिक हित र व्यापारलाई विस्तार गर्ने सम्वन्धमा छलफल हुने उनले जनाए।

चीनलाई समस्यारहित छिमेकी भन्दै उनले नेपालको सार्वभौमसत्ता, अखण्डताको चीनले सँधै सम्मान गरेको र भौतिक पूर्वाधारको क्षेत्रमा अन्तराष्टिय सम्मेलन केन्द्र राष्टिय सभागृह जस्ता भवन निर्माण गरेको जनाए। 

ओलीले भने ‘चीन एउटा सुदृढ अर्थतन्त्र भएको ठूलो भुगोल र जनसंख्या भएको देश भएकोले चीन र भारत दुवै छिमेकी देश ठूला भएकोले राम्रो गर्न सक्यौं भने मुलुकलाई फाईदा हुनेछ।’

भारतसँगको सम्बन्ध सुदृढ भएको ओलीको दाबी 

प्रधानमन्त्री ओलीले आगामी जुन २७ तारिखबाट नेपाल र भारतका दुबै देशको संयुक्त टोलीले डुबान क्षेत्रको अध्ययन गर्ने, जुलाई पहिलो साता नेपाल र भारतको १९५० को सन्धी सही निष्कर्ष निकल्ने गरी सहमति हुने दाबी गरे।

ओलीले बिराटनगरमा रहेको भारतीय अस्थायी कार्यालयहरु हटेको, भारतबाट नेपाल आउने एउटा मात्र सिमरा हवाई रुटका अलावा अब जनकपुर, बिराटनगर, नेपालगञ्ज र धनगढीको रुट पनि पाएको जनाए। 

‘हनुमाननगरसम्म स्टिमरहरु कहाँ कहाँ ल्याउन सकिन्छ भनेर सर्भे भइरहेको, बीरगञ्ज र काठमाडौबीको रेल निर्माणको लागि काम भइरहेको छ । नेपाल र  भारतबीचको मैत्रीलाई सुदृढ गर्ने उदेश्यले नै आफूले पहिलो भ्रमण भारतबाट गरेको हुँ’ ओलीले भने।

भारतीय सेना आउनु स्वभाविक

प्रधानमन्त्री ओलीले गत महिना जनकपुरको धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी आउँदा केही भारतीय सुरक्षाकर्मी आएको बिषयलाई लिएर टिप्पणी गरेको घटनालाई ओलीले औचित्य नभएको बताए।

‘नेपालमा कुनै  बिशिष्ट व्यक्ति आउँदा केही न केही टिप्पणी गरिँदो रहेछ। हामीले पनि भारत जाँदा २÷४ जना सुरक्षाकर्मी ड्रेस लगाएर लिएर जान्छौं’, ओलीले प्रष्ट्याए ‘कहिले काहीँ समय, व्यक्ति ठाउँ र परिवेश विशेषले यथोचित कारण हुन्छन्।’

उनले भने ‘हामीहरु पनि भारत जाँदा केही सुरक्षा कर्मीहरु लिएर जान्छौं। के त्यस्तो बेला उनीहरुले सेक्युरिट नै दिन सक्दैन थिए अनि भन्ने?’ ओलीले भारतबाट विशिष्ट व्यक्ति आउँदा केही न केही टिप्पणी गर्ने संस्कार बोक्नेहरुले त्यस्तो आलोचना गरेको वताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।