शुक्रबार, वैशाख ७, २०८१

मेलम्ची 'साइज'मा आएपछि बगरमा काठदाउरा बटुल्नेको लर्को

पानी घटेर मेलम्ची आफ्नो साइजमा आएपछि सिपाघाटमा बाढीमा बहेर आएका काठ संकलन गर्नेको लर्को छ। स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म जुटेका छन् यो काममा।
 |  बुधबार, असार ९, २०७८

अंगद सिंह

अंगद सिंह

बुधबार, असार ९, २०७८

सिपाघाट (सिन्धुपाल्चोक)- एक साताअघि उर्लिएको मेलम्ची थामिइसकेको छ। जति क्षति गर्नु गरिसकेको छ। बाँकी छ त अब हिलाम्य बगर। 

triton college

पानी घटेर मेलम्ची आफ्नो साइजमा आएपछि सिपाघाटमा बाढीमा बहेर आएका काठ संकलन गर्नेको लर्को छ। स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म जुटेका छन् यो काममा। सोमबार दिउँसो सिपाघाट पुग्दा बञ्चरो, आरा, बेल्चा हातमा बोकेका मानिस बालुवाले पुरेका काठ निकाल्दै थिए।

त्यही घुइँचोमा थिइन् सिपाघाटकी चन्द्रिका राई। दाउरा बोेक्दाबोक्दा उनी पसिनापसिना भएकी थिइन्। उनीसँगै थिए उनका पति पनि। दुवै बिहानदैदेखि काठ–दाउरा बटुल्न लागिपरेका थिए।

मेलम्चीको तातो बगरमा असिनपसिन हुँदै दाउरा बटुल्नु राई दम्पतीको रहर होइन। चुलो बाल्ने बाध्यताले उनीहरु बगरमा पुगेका हुन्। ‘के गर्नु ग्यास किन्ने पैसा छैन। यही दाउराकै भर पर्ने हो, नदीले बगाएर ल्याएपछि चुल्हो बल्छ,’ उनीहरुले सुनाए। बाढीले संसार बगाएर ल्याउँदा दुःख त लाग्छ उनीहरुलाई। तर दाउरा नबटुले चुलो बल्दैन।

चुल्हो बाल्नु त छँदैछ, राम्रो काठ पाए अरु काम पनि आउँछ। त्यसैले त सिपाघाटबासी दौडिएका छन् मेलम्चीको बगरतिर। 

corrent noodles
Metro Mart

सिताबगरका बच्चुराम दनुवारको खेत बगाएको छ गत मंगलबार मेलम्चीमा आएको बाढीले। खेतमा लगाएकोे मकै, तरकारी सबै मेलम्चीले सोत्तर बनाएको छ। करिब अढाइ रोपनी जमिन बगरमा परिणत भएकोे छ बच्चुरामको। 

उनी पनि छन् दाउरा बटुल्ने भीडमा। ‘ग्यास किन्न सधैं पैसा हुँदैन। पाएको बेला जम्मा गरिराख्यो भने खाना पकाउन चिन्ता हुँदैन,’ उनले सुनाए, ‘राम्रो काठ पाए अन्य काममा पनि प्रयोग गर्न सकिन्छ। नभए बाल्न त काम आइहाल्छ।’ श्रीमती र दुई छोराछोरीसहित यो काममा लागिपरेका छन् उनी।

वायरिङको काम गर्छन् दनुवार। यसबाट मात्रै घरखर्च र छोराछोरी पढाउन मुस्किल हुन्छ। ‘सबैथोक किनेर खान सकिँदैन। अहिले पाइएको बेला दाउरा बटुले ग्यास किन्न लाग्ने पैसाले अरु काम गर्न सकिन्छ। जंगलमा पनि दाउरा पाइँदैन। आफ्नो बारीमा भएका बोटबिरुवा पनि सकिसके,’ बच्चुराम भन्छन्। उनले थपे, ‘हुनेखानेकोे घरमा सिलिन्डर ग्यास हुन्छ। उनीहरु दाउरा कहाँ बटुल्छन् र। यो त गरिखानेको मजबुरी हो।’ 

कृष्ण दनुवार पनि बिहानैदेखि दाउरा बटुलिरहेका थिए तातो बालुवाको रापमा। ५० वर्षे कृष्ण घरी नाम्लोको भारी लगाएर त घरी काँधमा राखेर काठ ओसारिरहेका थिए। ‘दाउरा पाउन गाह्रो छ, जंगलमा पनि खासै पाइँदैन,’ उनले सुनाए। ५० वर्षमा मेलम्चीको यस्तो रुप नदेखेका कृष्ण घरीघरी बगरतिर हेरेर टोलाउँछन् र कामना गर्छन्– बर्खा भर्खर सुरु भएको छ, फेरि नउर्लियोस् मेलम्ची।

 

प्रकाशित: Jun 23, 2021| 03:30 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।