काठमाडौं– मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थापन संकायतर्फ बीबीएस, बीबीए, एमबीएस, एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ।
प्राविधिक समस्याका कारण एमबीए पहिलो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको ग्रेडसिटसहितको नतिजा विश्वविद्यालयकाे वेबसाइटबाट हेर्न सकिने विश्वविद्यालयले जनाएको छ।