शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वातावरणमैत्री विकास गर्नेगरी बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक

वातावरणमैत्री विकास गर्नेगरी बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

बुटवल– बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

triton college

नगरसभाको नवौं अधिवेशनमा मंगलबार प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन। उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताए। 

कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा महिलाहरुमा स्तन क्यान्सर, प्रसुती तथा गर्भवती परीक्षण, पाठेघर परिक्षण र १४ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग गर्ने उल्लेख गरिएको छ। 

नगरका गर्भवती महिलालाई आइरन, क्याल्सियम लागायतका औषधीहरु निशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निशुल्क प्रदान गर्ने, ‘नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम’लाई प्रभावकारी बनाई निशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ। 

विद्यार्थीहरुमा बढ्दो आँखा सम्बन्धी समस्या समाधान गर्न उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुको वर्षमा एकपटक निशुल्क आँखा जाँच तथा परामर्श एवं चस्मा र उपचार सेवा संचालन गर्ने घोषणा नीति कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 22, 2021| 13:39 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।