बिहीबार, वैशाख ६, २०८१

लगानी बोर्डबाट ९७ अर्बका दुई परियोजना स्वीकृत

लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैकठले सो रकम बराबरको लगानी स्वीकृत गरेको हो। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– लगानी बोर्डले ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैकठले सो रकम बराबरको लगानी स्वीकृत गरेको हो। 

triton college

बोर्ड बैठकले ५४ करोड अमेरिकी डलर बराबर अर्थात् ६३ अर्ब ७२ करोड बराबरको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानित ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ  बराबरको तल्लो मनाङ मर्स्याङदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) गरी कुल ९७ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरकोे लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ। 

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क चाइना नेपाल फ्रेन्डसिप इन्डष्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ। 

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभन लिमिटेड इन्डियासँग गरिने समझदारीपत्र को मस्यौदा स्वीकृत गरेको छ।

त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने  सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।  

corrent noodles
Metro Mart

साथै, बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलको संयोजकत्वमा पश्चिम सेती र एसआर संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न समिति गठन गरेको छ। 

बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।  

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि, स्वीकृत भएको छ। 

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादनसँगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन पनि दिए । 

उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका थिए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए। 

प्रकाशित: Jun 22, 2021| 11:24 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्