बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षको माग बमोजिम आदेश गर्न सर्वोच्चद्वारा अस्वीकार

ओली पक्षको माग बमोजिम आदेश गर्न सर्वोच्चद्वारा अस्वीकार

ओयोजक किमिटीलाई मान्यता दिन मागदाबी गर्दै ओली पक्षले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्ले ओली पक्षको माग अनुसार आदेश जारी गर्न अस्वीकार गरेको हो।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओली पक्षले गठन गरेको महाधविशेन आयोजक कमिटीलाई मान्यता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। 

triton college

ओयोजक किमिटीलाई मान्यता दिन मागदाबी गर्दै ओली पक्षले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्ले ओली पक्षको माग अनुसार आदेश जारी गर्न अस्वीकार गरेको हो।

ओली पक्षले कर्णालीका ४ सांसदहरूको पद खारेज गरिदिएपछि उनीहरूले पुनर्बहालीका लागि आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गर्दै एमालेको महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता दिन नसकिने ठहर गरेको थियो। 

उक्त आदेशविरुद्ध ओली पक्ष भ्याकेट निवेदन लिएर सर्वोच्च पुगेको थियो। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले कर्णाली प्रदेशसभाका चार जना सांसद पुनबर्हाली गर्ने यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको हो। 

अन्तरिम आदेश खारेज गर्ने/नगर्ने विषयमा अर्को सुनुवाइमा निर्णय गर्ने भनिएको छ। विपक्षी बनाइएका चारै जना सांसदहरुलाई यसबारेमा सूचना दिने निर्णय पनि सर्वोच्चले गरेको छ। कर्णाली प्रदेशका चार सांसदमाथि गरेको कारबाहीमा सर्वोच्च अदाललते जेठ २७ गते पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 22, 2021| 09:59 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।