बुधबार, वैशाख ५, २०८१

विश्‍वकप २०१८ : फेसबुकमा फ्यान भिडन्त, ट्‍वीटर संयम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रुसमा जारी विश्‍वकपका विषयमा सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटर निकै सक्रिय भएका छन् । नेपाली पात्रो अनुसार जेठ ३१ देखि शुरु भएको विश्वकपको उद्‍घाटन खेलदेखि नै अप्रत्यासित नतिजा आउन थालेपछि सामाजिक सञ्जालमा बहसको मसला थपिएको छ ।

विश्वकपको उद्‍घाटन खेलमा फिफा वरियताको ७० औ‌ं नम्बरमा रहेको रुसले ६७ औं नम्बरको साउदीलार्इ हरायो । रुसका लागि गृह मैदान भएको तथा विश्वकप छनोटमा खासै राम्रो पर्दशन गर्न नसकेको साउदी पराजित हुने अनुमान गरिएपनि ५-० गोलले पछारेपछि रुसको लुज्निकि स्टेडियतीर तेस्रिएका आँखाहरु चकित भए ।

दोस्रो दिनको पहिलो खेलमा अन्तिम ९० मिनेटमा उरुग्वेका लागि जोश जिमिजले गरेको गोलले इजिप्ट पराजित भयो । त्यसैगरी असार १ गते शुक्रबारको दोस्रो खेलमा मोरक्को जित्छ भन्ने अनुमान गरिएको थियो तर, त्यो भएन । मोरक्कोले इरानलार्इ दिएको आत्मघाती गोल नै मोरक्कोका लागि घातक बन्यो ।
शुक्रबारकै तेस्रो खेलमा पुर्व विश्वकप विजेता स्पेनले खासै राम्रो पर्दशन गर्न नसकेपछि पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोको ह्याट्रीकले स्पेनबाट अंक खोस्न सफल भयो ।

शनिबारको खेलमा फ्रान्ससँग अष्ट्रेलिया पराजित भयो भने नवप्रवेशी आइसल्याण्डले अर्जेन्टिनालार्इ १-१ को बराबरीमा रोक्यो । त्यसैगरी पेरुले पेनाल्टी मिस गर्दा डेनमार्क विजयी भयो । नाइजेरियासँग क्रोएसिया २-१ ले पराजित भयो भने सर्वियाले कोस्टारिका हराउनु तथा सन् २०१४ को विश्वकप विजेता जर्मनीलार्इ मेक्सिकोले हराउनु र ब्राजिललार्इ स्वीजरल्याण्डलार्इ रोक्नु अप्रत्याशित भएको भन्दै सामाजिक सञ्जालमा विभन्न प्रतिक्रियाहरु आउन थालेका छन् ।

नेपालमा विशेषगरी जर्मनी, अर्जेन्टिना, ब्राजील र स्पेनका फ्यान धेरै छन् । जसले समुह चरणमा राम्रो पर्दशन गर्न सकेनन् । स्पेनी फ्यानहरुलार्इ निकै उत्साहीत भएर प्रतिक्रयाहरु दिएका छन् ।

प्रतिक्रयाहरु हेर्दा सामाजिक सञ्जाल फेसबुक अलि भड्किलो देखिएको छ भने ट्वीटर तुलनात्मक रुपमा भद्र र संयमी छ ।

फेसबुकमा कसले के भने ?


ट्वीटरमा कसले के लेखे ?

सुमन खरेल (सञ्चारकर्मी)


 

शक्तिशाली भनिएका माथि कमजाेरकाे विजयले संधै याे मन प्रसन्न हुन्छ। धन्यवाद मेक्सिकाे ! याे प्रसन्नताकाे लागि ! #WorldCupFever

triton college
— Suman Kharel (@kharel8) June 17, 2018
 

विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस प्रवक्ता)

आफुले समर्थन गरेको टिमले विश्वकप जितोस्´ भन्ने कामना गरिरहंदा, मुख्य प्रतिस्पर्धी कुनैपनी टिमको पराजय कामना गर्नु सुसंस्कृत दृस्टिभाव हुन सक्दैन !

आज राती ११.४५ को खेल ब्राजिलले यी `थ्री स्टार´ को कौशल साथ जितोस् र जित्नुपर्छ भन्ने कामना साथ टिम ब्राजिललाई हार्दिक शुभकामना !! pic.twitter.com/VjrRFcUrQQ

— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 17, 2018

केपी ढुंगाना (पत्रकार)

सलाम आइसल्याण्ड, मेक्सिको अनि स्विजरल्याण्ड !
गजव ! गजव !! अद्भुद् !!!
विरासत भत्कने यसरी नै हो।

— KP Dhungana (@kpdhungana) June 17, 2018
मिरा ढकाल 

बराबर, तिम्राे हाम्राे माया बराबर । स्वीजरलेन्डले ब्राजीललाइ मिठाे बराबरी गर्याे । अाशा छ ब्राजील फ्यानहरू जील खाएकाे कारण चुरीफुरी अलिक कम गर्नुहुनेछ । धन्यवाद ।

— Mira Dhakal (@dhakalmira) June 17, 2018
बाबुराम भट्टरार्इ (संयोजक नयाँशक्ति)

Well done giant-killer, Mexico! It seems this World Cup will go to underdogs!

corrent noodles
Metro Mart
— Baburam Bhattarai (@brb1954) June 17, 2018
राज बल्लभ कोइराला (अभिनेता)

ब्राजिल चेन्ज
अर्जेन्टिना चेन्ज
जर्मनी चेन्ज
तिमी चेन्ज
म चेन्ज
यो संसार हिजोको जस्तो रहेन बाबै ..

— Raj Ballav Koirala (@RajBallav) June 17, 2018
रबी मिश्र (कार्टुनिष्ट)

खुसी लाग्या छ, धन्न ब्राजिल Vs स्विजरल्याण्डको खेल बराबरीमा टुंगिएछ, ब्राजिलले हारेनछ | खुसी ब्राजिलको लागी भन्दा पनि नेपालको लागी हो | ब्राजिलले जित्दा र्याली निकाल्ने नेपाली समर्थकले हार्दा नेपाल बन्दै गर्न के बेर ? ;)

— Rabi Mishra (@rabimishra) June 18, 2018

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।