काठमाडौं– यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले मंगलबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण र वितरण सुरु गरेको छ। कार्यालयले कोटा तोकेर राजस्व संकलन, सवारीचालक अनुमति पत्र नवीकरण र वितरण थालेको हो।
कार्यालयले सवारीचालक अनुमतिपत्र नवीकरणका लागि ७० जना, ट्रायल परीक्षा उत्तीर्ण परिक्षार्थीको राजस्व संकलनका लागि ७० जना र सवारीचालक अनुमतिपत्र वितरणका लागि २ सय जनाको कोटा तोकेको छ।
१६ वैशाखदेखि सरकारले जारी गरेको निषेध आदेशका कारण कार्यालयमार्फत सञ्चालन हुने यी सेवा बन्द थिए। सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुरु गरिएको सूचनामा उल्लेख छ।