मंगलबार, वैशाख ११, २०८१

ललितपुरमा ७५ वर्ष माथिकालाई भोलि खोप लगाइँदै

लितपुर महानगरपालिकाले ७५ वर्षमाथिका नागरिकलाई कोरोनाविरूद्ध कोभिसिल्ड खोप लगाउने भएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– ललितपुर महानगरपालिकाले ७५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध  कोभिसिल्ड खोप लगाउने भएको छ। महानगरले सूचना जारी गर्दै बुधबारदेखि दोस्रो मात्रामा खोप लगाइने जनाएको छ। खोप बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ।  

triton college

महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउनेछन्। महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

महानगरपालिकाले लगनखेलको पशु अस्पताल, पाटनढोका पाटन हाइस्कुल, ललितपुर महानगरपालिका प्रांगण, धापाखेल स्वास्थ्य चौकीमा खोप केन्द्र निर्धारण गरेको छ। यस्तै सुनाकोठीको बालकुमारी स्कुल, कार्य विनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैंबु स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Jun 22, 2021| 07:55 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।