शनिबार, वैशाख ८, २०८१

निधिले खोजे प्रभावशाली युवा नेताको साथ, छलफल तीव्र

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापतिको तयारी तीव्र बनाएका छन्।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापतिको तयारी तीव्र बनाएका छन्। गत शनिबार सभापति शेरबहादुर देउवासँग आफू १४औं महाधिवेशनमा सभापति पदमा लडेरै छोड्ने निर्णय सुनाएका निधिले तयारी तीव्र पारेका हुन्।

triton college

सोमबारमात्रै उनले छुट्टाछुट्टै भेटघाट गरेका थिए। उनले पार्टी सभापतिका अन्य आकांक्षीलाई फकाउने र युवा नेताको साथ खोज्ने रणनीति लिएका छन्। सोही अनुरुप उनले पार्टी सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहसँग निवासमै बोलाएर भेटेका थिए। उक्त भेटवार्तामा निधिले आफू सभापतिमा लड्ने निधो गरिसकेकाले पछि नहट्ने बताएका थिए। यद्यपि कोइराला र सिंहले समेत सभापतिमा लड्ने र सहयोग गर्न निधिसँग आग्रह गरेका थिए। 

कांग्रेस संस्थापक तीन नेताका उत्तराधिकारीको भेटले कांग्रेसमा तरंग ल्याएको थियो। तर, निधिले सोमबार युवा नेताहरूसँग समेत भेटवार्ता गरेका छन्। 

१४औं महाधिवेशनमा आफू सभापति बने १५औं महाधिवेशनमा नयाँ पुस्तालाई छोड्ने बताइरहेका निधिले युवा नेतासँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

निधिले चन्द्र भण्डारी, दीपक गिरि, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, सरिता प्रसाई, जीवन परियार, बद्री पाण्डे, प्रदीप पौडेललगायतका नेताहरूसँग छलफल गरेका थिए। युवा नेताहरुमाझ निधिले नेतृत्व फेर्ने पक्षमा भए आफूलाई सहयोग गर्न आग्रह गरे। 

corrent noodles
Metro Mart

भेलामा युवा नेताहरुले निधि पछाडि हट्ने हुन् कि भन्ने झिनो आशंका व्यक्त गरेपछि उनले सकेसम्म देउवाकै उम्मेद्वारका रुपमा अघि बढ्ने र त्यो नभएमा आफू कुनै पनि हालतमा व्याक नहुने बताएका थिए। ‘तपाईंहरू पनि नेतृत्व परिवर्तन चाहनुहुन्छ भने मलाई साथ र सहयोग गर्नुस्,’ निधिले भनेका थिए। 

निधिकाे तयारी र धारणा सुन्दा उहाँ पछाडि फर्केने सम्भावना देखिएन।- प्रदीप पौडेल

युवा नेता गगन थापाले पुरानो पुस्ताबाट पार्टी चल्न नसक्ने भन्दै देउवा र पौडेललाई ससम्मान पार्टीमा राखेर नेतृत्व नयाँ पुस्तामा आउनुपर्ने धारणा राखेका थिए। 

अर्का नेता चन्द्र भण्डारीले पुरानै अनुहार बोकेर अब हिँड्न नसकिने बताएका थिए। उनले दोस्रो पुस्ताले नेतृत्वका लागि अघि बढ्न खुट्टा कमाउने हो भने आफूले नेतृत्वमा दाबी गर्ने प्रष्ट पारे।  नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेले देउवा र पौडेलको डिपार्चर बिना पार्टी अघि बढ्न नसक्ने भन्दै युवा पुस्तालाई व्यवस्थापन गरेर अघि बढ्न सुझाव दिएका थिए।

छलफलमा सहभागी नेताहरुले निधिको तयारी हेर्दा र धारणा सुन्दा व्याक हुने अवस्था नदेखिएको सुनाए। ‘उहाँको तयारी र धारणा सुन्दा पछि फर्केने सम्भावना देखिएन,’ नेता प्रदीप पौडेलले भने। निधिले सभापतिका अन्य अकांक्षीलाई फकाउने र युवा नेताहरुको समर्थन जुटाउने नीति लिएको संकेत आफूले पाएको छलफलमा सहभागी अर्का एक नेताले बताए। ‘अन्य आकांक्षीसँग छलफल गर्ने, समर्थन लिने प्रयास गर्ने र युवाहरुको साथ लिन खोजे जस्तो देखियो,’ ती नेताले भने।

प्रकाशित: Jun 22, 2021| 04:13 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।