धनगढी-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश–७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै भएको टिप्पणी गरेको छ ।
बजेटमा पूँजीगत खर्च भन्दा चालु खर्चको दर उच्च हुनु नै बजेटको ठुलो कमजोरी भएको प्रतिपक्षी दलको आरोप छ ।
‘साधारणतया २० प्रतिशतसम्म चालु खर्च र ८० प्रतिशत पूजीजिगत खर्च समेटेर ल्याइने बजेटलाई उत्कृष्ट मान्न सकिन्छ’ कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने-‘पूँजिगतभन्दा चालु खर्च सात प्रतिशत बढी हुनुले नै बजेट कत्तिको दुर्गामी छ भन्ने कुरा स्पस्ट हुन्छ ।’
बजेटले तत्कालका लागि कार्यकर्तालाई खुशी बनाउने बाहेकको अन्य कुनै उपलब्धी हाँसिल नगर्ने उनको टिप्पणी छ । बजेट कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा समेत स्पष्ट नखुलाईएको रावलले बताए ।
सोमबारको प्रदेशसभा बैठकमा बोल्दै रावलले सरकारले ल्याएको गन्तब्यहिन बजेटकै कारणले संघीयता खतरामा पर्ने देखिएको आरोप लगाए ।
सरकार लगाम बिनाको घोडा बनेको टिप्पणी गर्दै रावलले भने, ‘कार्यक्रम तथा योजना निर्माण गरेपनि कार्यान्वयन कसरी गर्ने भन्ने कुरा खुलाइएको छैन । अर्थ मन्त्रालयले अँझै धेरै बजेट आफ्नै मातहतमा राखेको छ, आफूले चाहेको ठाउँमा खर्च गर्न बजेट ल्याएको देखिन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४