शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियताको रक्षाका लागि लड्न विपक्षीहरु एक ठाउँमा : दाहाल

राष्ट्रियताको रक्षाका लागि लड्न विपक्षीहरु एक ठाउँमा : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।

triton college

पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र  जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको बताए।

बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ।

कारबाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन्। सर्वोच्च अदालतले  माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए।

प्रकाशित: Jun 21, 2021| 15:12 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।