बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश २ सरकारको पूँजीगत खर्च २९ प्रतिशत मात्रै

आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश २ सरकारको पूँजीगत खर्च २९ प्रतिशत मात्रै

चालू आर्थिक वर्षको अन्तिम महिना चलिरहेको समयमा प्रदेश २ मा ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्रै खर्च भएको छ।
 |  सोमबार, असार ७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, असार ७, २०७८

जनकपुरधाम- चालू आर्थिक वर्षको अन्तिम महिना चलिरहेको समयमा प्रदेश २ मा ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्रै खर्च भएको छ।

triton college

साउनदेखि जेठ महिनासम्ममा चालूतर्फ ३४.९ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले जानकारी दिए।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ। चालूतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेकोमा ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख अर्थात् ३४.९ प्रतिशत खर्च गर्न सकेको छ।

त्यस्तै पूँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात् २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज झाले जानकारी दिए।

चालू आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ। यो मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको छ। चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार र पूँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।

corrent noodles
Metro Mart

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो मन्त्रालयले चालूतर्फ ७ करोड ६ लाख ८६ हजार र पूँजीगततर्फ १ करोड ८० लाख १० हजार बजेट खर्च गर्न सकेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ। चालूतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पूँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयले साउनदेखि जेठसम्ममा चालूतर्फ १ अर्ब ५२ करोड २१ लाख र पूँजीगततर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्च गरेको छ। चालूतर्फ २० करोड र पूँजीगततर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ। यो मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयका लेखा अधिकृत झाले बताए।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालूतर्फ १० करोड ७ लाख ५३ हजार र पूँजीगततर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ।

सबैभन्दा कम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.८ प्रतिशत बजेट खर्च गरेको छ। ११ महिनामा यो मन्त्रालयले चालूतर्फ ३४ करोड १० लाख ६१ हजार र पँुजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रुपैया खर्च गरेको छ।

प्रकाशित: Jun 21, 2021| 12:49 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।