शुक्रबार, वैशाख ७, २०८१

झापामा संक्रमितको संख्या अकासिँदै, भरिए अस्पताल

कोरोना संक्रमणको तेस्रो लहरको डर बढ्दै गएका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

झापा- कोरोना संक्रमणको तेस्रो लहरको डर बढ्दै गएका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिएका छन्।

triton college

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताए।

अस्पतालको अक्सिजन आपूर्ति हुने ६० वटा शय्या जति सबै भरिएका छन्। अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ। पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले बताए।

झापामा सबैभन्दा बढी १०० शय्या कोभिड संक्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसीयु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन्। ‘एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,’ गिरीले भने, ‘बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ। बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौं।’

corrent noodles
Metro Mart

अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उहाँले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैंले दैनिक उत्पादन गरिरहेको बताए।

पछिल्लो समय बालबालिकामा कोभिडको संक्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए।

विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेशन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ। अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेशन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आइसीयु व्यवस्था गरिएको बताए।

‘उपलब्ध सबै शय्या, आइसीयु र भेन्टिलेटर संक्रमितले भरिइसकेका छन्,’ विर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भने, ‘अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ।’

एक सातायता कोभिडका संक्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उनले बताए। अस्पतालले संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ। यस्तै चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउनसक्ने उनले बताए।

एक साता अघिसम्म २४ घण्टामा १ सय अक्सिजन सिलिन्डरले पुग्ने गरेकामा हाल दैनिक १ सय सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिए। ‘एम्बुलेन्स र सिटीसफारीहरुले बिरामी ओसारेका ओसारै छन,’ उनले भने, ‘ओपीडी बन्द गरेर विशेषज्ञ चिकित्सकहरुलाई नै कोभिडका बिरामीको उपचारमा परिचालन गरेका छौं।’

दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ। दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन्। सबै शय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दङ्गालले बताए। चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र संक्रमितहरु अस्पताल आउन थालेका छन्।

प्रकाशित: Aug 04, 2021| 11:30 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्