बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कस्तुरीको अन्तर्राष्ट्रियकरण गर्न नसकेर नेपाल पछि पर्‍यो : ओली

कस्तुरीको अन्तर्राष्ट्रियकरण गर्न नसकेर नेपाल पछि पर्‍यो : ओली

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले यो दाबी दोहोर्‍याएका हुन्। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले यो दाबी दोहोर्‍याएका हुन्। 

triton college

भारतले आफ्नो भूमिमा योग सुरु भएको दाबी गरे पनि त्यो समयमा भारत भन्ने देश नै अस्तित्वमा नरहेको ओलीको तर्क छ।

उनले भने, ‘योगको उत्पति भारतमा भएको होइन। त्यो समयमा भारत भन्ने देश नै थिएन। त्यहाँ रजौटा थिए, स–साना राज्यहरु थिए। त्यसैले योगको उत्पत्ति नेपाल वा उत्तराखण्डमा भएको हो।’

उत्तरायणको सबैभन्दा लामो दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेपछि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाएको ओलीले बताए।

प्रधानमन्त्री ओलीले महर्षि पतञ्जलीको जन्म पनि नेपालमै भएको र उनले अभ्यास पनि यही गरेको दाबी गरे। आयुर्वेदका महर्षि चरकजस्ता विद्वान पनि यहीँ जन्मिएको उनले बताए।

corrent noodles
Metro Mart

उनले थपे, ‘शुश्रुतजस्ता विद्वान यहीँ जन्मिएका हुन्। २७–२८ सय वर्षअघि शल्यक्रियाको अभ्यास यहीँ गण्डकी किनारमा त्रिवेणीमा भएको हो। हिमाली जडिबुटीको अध्ययन बनारसमा बसेर गर्न सकिँदैन, यहीँ भएको हो।’

ऋषि विश्वामित्रले मन्त्रहरु पनि यहीँ लेखेको उनको भनाइ थियो। उनले थपे, ‘राम–लक्ष्मणलाई शिक्षा दिन विश्वामित्र कोशी तरेर पश्चिम आएका थिए। अयोध्यापुरी यहीँ थियो। वाल्मिकी आश्रम यहीँ थियो। सीताले समाधि प्राप्त गरेको देवघाट यहीँ हो।’

इतिहासमा गलत उल्लेख भएको बताउँदै प्रधानमन्त्री ओलीले वास्तविक इतिहास लेखिनुपर्नेमा जोड दिए। उनले भने, ‘सत्य कुरा भन्न पनि हच्किने अवस्था छ। चेतनाले एउटा भन्छ, मुखले अर्को भन्ने गरेको पाइन्छ। इतिहास  र सभ्यतालाई बंग्याउन पाइँदैन नि।’

प्रधानमन्त्री ओलीले कस्तुरीको पनि चर्चा गरे। नेपालसँग कस्तुरी भए पनि त्यसको चर्चा हुन नसकेको उनको भनाइ थियो। कस्तुरीको अन्तर्राष्ट्रियकरण गर्न नसक्दा नेपाल पछि परेको उनले तर्क गरे। नेपालका विद्वानहरुले यसलाई अन्तर्राष्ट्रियकरण गर्न मञ्च नपाएको र शासकले ध्यान नदिएका कारण भारतले संयुक्त राष्ट्रसंघमा पुर्‍याएको उनले बताए। 

प्रकाशित: Jun 21, 2021| 09:58 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।