बिहीबार, वैशाख १३, २०८१

तराई क्षेत्रका पेट्रोल पम्प मर्ज गर्न सुझाव

सरोकारवालाले तराई क्षेत्रका पेट्रोल पम्प मर्ज गर्नुपर्ने सुझाव दिएका छन्। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- सरोकारवालाले तराई क्षेत्रका पेट्रोल पम्प मर्ज गर्नुपर्ने सुझाव दिएका छन्। पुराना पेट्रोल पम्पहरू अहिलेको मापदण्डअनुसार नभएका कारण मर्ज गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका हुन्।

triton college

आइतबार विराटनगरमा भएको छलफलका क्रममा तराई क्षेत्रका पम्प मर्ज गर्नुपर्ने सुझाव आएको नेपाल आयल निगमले जानकारी दिएको छ। 

विराटनगरमा संघीय सरकारका आपूर्ति मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रहरी, नेपाल आयल निगम, पेट्रोलियम व्यवसायी लगायतका सहभागितामा छलफल भएको थियो। 

सो छलफलको क्रममा तराई क्षेत्रमा रहेको पुराना पेट्रोल पम्प मर्ज गर्नुपर्ने सुझाव आएको निगमले जानकारी दिएको हो। ‘हाल तराई क्षेत्रमा रहेका पेट्रोल पम्पहरूको मर्ज गर्ने, आधुनिकीकरण गर्ने र पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणालीलाई सूचना प्रणालीसँग जोड्ने कार्यका लागि नीतिगत व्यवस्था गर्ने सुझाव प्राप्त भएको’ निगमले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 21, 2021| 07:42 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्