शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • टिपर छल्न खोज्दा दुई मोटरसाइकल दुर्घटना, कांग्रेस धनकुटाका सचिवसहित दुईको मृत्यु

टिपर छल्न खोज्दा दुई मोटरसाइकल दुर्घटना, कांग्रेस धनकुटाका सचिवसहित दुईको मृत्यु

मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको आइतबार राति मृत्यु भएको छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

विराटनगर- मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा परेर कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको आइतबार राति मृत्यु भएको छ। 

triton college

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा भएको दुर्घटनामा एक जना बैंकका कर्मचारीको पनि मृत्यु भएको छ। 

पूर्वतर्फ गइरहेको टिपरबाट छलिन खोज्दा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

टिपरबाट जोगिन खोज्दा को २९ प ९५५० नम्बरको मोटरसाइकल सडकमा पल्टिएको थियो। प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले साँझ ७:४० बजे सडकमा पल्टिएको मोटरसाइकलमा टिपरको पछाडि रहेको अर्को को ३६ प ५९७९ नम्बरको मोटरसाइकल ठोक्किएको बताए।

घाइतेमध्ये दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९:३० बजेतिर मृत्यु भएको हो। गम्भीर अवस्थाका अर्का घाइतेको उपचार भइरहेको छ। 

corrent noodles
Metro Mart

दुर्घटनामा परेर को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका चालक धनकुटाको पाख्रीबास नगरपालिका–७ का ४६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो। उनी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन्। 

उनले चलाएको मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा को २९ प ९५५० नम्बरको मोटरसाइकलका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय दीपु साहको पनि मृत्यु भएको एसपी शर्माले बताए। मृतक साह मोरङको बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी भएको खुलेको छ। 

बेलबारीबाट इटहरीस्थित घरतर्फ आउँदै गर्दा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 21, 2021| 03:49 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।