बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेरी अस्पतालका नर्समाथि आक्रमण गर्ने एमालेका नेता रिहा

भेरी अस्पतालका नर्समाथि आक्रमण गर्ने एमालेका नेता रिहा

बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०-५० हजार धरौटीमा छोड्न आइतबार आदेश दिएको हो।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- भेरी अस्पतालमा नर्समाथि कुटपिट गर्ने एमालेका नेतासहित तीन जना धरौटीमा रिहा भएका छन्। उनीहरूलाई जनही ५० हजार धरौटीमा रिहा गर्न बाँके जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेशसँगै धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएका हुन्।

triton college

बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०-५० हजार धरौटीमा छोड्न आइतबार आदेश दिएको हो। उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। 

गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका ५३ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक र नर्सहरुमाथि आक्रमण गरेका थिए। सो क्रममा चिकित्सक र नर्सहरु दुईतले भवनको झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए।

अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही प्रहरीले तीन जना माथि ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएको थियो। घटनालगत्तै बँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्सीय छानबिन समिति गठन गरिएको थियो।

भेरी अस्पताल विकास समितिका दुई जना सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक संघका दुई सदस्य, नर्सिङका तर्फबाट एक जना सदस्य रहने गरी समिति बनाइएको थियो। घटनाको एक सातापछि सो समितिले घटना आवेगमा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

corrent noodles
Metro Mart

थप समाचार:

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण, दोस्रो तलाबाट हाम फालेर जोगाए ज्यान

भेरी अस्पताल प्रकरण : सीडीओले अपुरो प्रतिवेदन सार्वजनिक गरेपछि स्वास्थ्यकर्मी रुष्ट

बाँकेका ५ दलको आरोप- प्रधानमन्त्री र मुख्यमन्त्रीकै संरक्षणमा भेरी अस्पतालमा आक्रमण भयो

मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

प्रकाशित: Jun 20, 2021| 17:44 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।