बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन क्षेत्रका कर्मचारीले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने

पर्यटन क्षेत्रका कर्मचारीले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने

पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने भएका छन्।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने भएका छन्। कोषद्वारा संचालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था कोषले मिलाइएको छ। 

triton college

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेध आदेश जारी गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएका कारण कोषले यस्तो व्यवस्था मिलाएको जनाएको छ। 

हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो। ‘कोभिड प्रभावित विशेष सापटी’ नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ। 

यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ। यसको मतलव लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ।

यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीहरुलाई २०७८ पुस मसान्तसम्म उपलब्ध गराइने छ, भने उक्त सापटी रकम सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए। 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 20, 2021| 10:08 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्