काठमाडौं- साताको पहिलो दिन आइतबार पुँजीबजार सूचक नेप्से ६३ अंकले घटेको छ। बिहीबार २९६८ अंकमा बन्द भएको नेप्सेमा आइतबार ६३ अंकले कमी आएर २९०५ मा पुगेको हो।
पछिल्लो समय धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै चलखेल सूची नै प्रकाशन गरेको थियो। यसपछि नेप्सेमा ओरालो यात्रा लागेको हो।
आइतबार नेप्सेमा ११ अर्ब ८१ करोड ९४ लाख बराबरका सेयर किनबेच भएका भएका छन्। २३१ कम्पनीको १ लाख २८ हजार पटक सेयर कारोबार भएको यस सबै उपसूचकहरू पनि रातै भएका छन्। सबैभन्दा बढी जलविद्युत कम्पनीहरूको उपसूचक ३.३८ प्रतिशतले घटेको छ। आइतबार कुमारी बैंकको प्रमोटर सेयर ८.६२ प्रतिशतले वृद्धि भएको छ।