खेलकुद

कीर्तिमानी धावक किमेली, जसको रगतमा केन्या छ तर मुटुमा बेल्जियम

1626860534.kimeli.jpg

केन्याका सुनौला घाँसे मैदान र पहाडमा रमाइरहेका इशाक किमेली यतिबेला बेल्जियमका लागि सुनौलोे सपना देखिरहेका छन्। धावक किमेली केन्यामा जन्मे–हुर्केका भए पनि उनी यतिबेला जापानमा भइरहेको ओलम्पिकमा बेल्जियमको तर्फबाट खेलिरहेका छन्।

त्यसैले उनलाई अहिले जन्मभूमि छोडेर कर्मभूमिका लागि गोल्ड मेडल जित्नु छ। उनको सपना नै गोल्ड मेडल हो। २७ वर्षे धावक किमेलीले अघिल्लो वर्ष छोटो समयमा ५ हजार मिटर दौड पूरा गरेर कीर्तिमान राखेका थिए। उनले सन् २०१९ मा १३ मिनेट १३ः१३ सेकेन्डमा उक्त दूरी तय गरेका थिए।

‘म चाँडो दौडिने आशा गर्दिनँ, योे भावनात्मक क्षण हो,’ व्यक्तिगत विधातर्फ दौडमा उत्कृष्ट प्रदर्शन गरिरहेका किमेलीले भनेका छन्। यसै वर्ष स्वीडेनको राजधानी स्टकहोममा सम्पन्न १० हजार मिटर दौडमा उनले नयाँ कीर्तिमान बनाए। किमेलीले सो दूरीको दौड २७ मिनेट २२ः७० सेकेन्डमा पूरा गरेका थिए।

किमेलीको ओलम्पिक यात्रा भने २०१९ देखि सुरु भएको होे। किमेलीको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। त्यसैले उनकी आमा सो अवस्थाबाट पार पाउन चाहन्थिन्। उनले निधो गरिन्– अब केन्याको उसीन गिसु छोड्नुपर्छ। र, छोडिन् पनि। 

चार वर्षे छोेरा किमेलीलाई हजुरबासँग छाडेर उनको यात्रा बेल्जियमतर्फ मोडियो। त्यहाँ उनकी आमाले स्थानीय अस्पतालमा नर्सको काम गरिन्। आमाको यादमा बिताएका हरेक पलहरुले किमेलीको दिमागमा डेरा जमाएका छन्।

‘मेरी आमा किन मलाई छाडेर अर्कै देश गइन्, मैले सोच्नसमेत सकेकोे छैन,’ उनले भनेका छन्। कलिलोे उमेरमा आमाकोे साथबिना बिताएका हरेक पलहरु पीडादायक छन् उनका लागि। ११ वर्ष आमाबिना बिताएका किमेली १५ वर्षका भएपछि उनलाई बेल्जियममा रहेकी आमासँग भेट गराइयो।

आमा बेल्जियमको सेन्ट पिटर लिउबमा बसिरहेकी थिइन्। एक दशकभन्दा बढी समय एक अर्कालाई नदेखेका उनीहरुका लागि सुरुका दिन निकै कठिन रहे।

त्यसअघि कहिल्यैै प्लेन चढेका थिएनन् किमेलीले। १५ वर्षको उमेरमा आमा भेट्न जाँदा प्लेन चढे। आमालाई भेट्न बेल्जियम त पुगे तर न बोली मिल्यो न भाषा। बेल्जियमकोे वातावरणसँग निकैै संघर्ष गरे किमेलीले। बेल्जियमकोे चिसोे मौसम कुनै भाषा न कुनै पहिचान। तैपनि उनी निरन्तर लागिरहे। ‘मलाई फ्रेन्च, जर्मन, डच कुनैै भाषा आउँदैनथ्यो, मेरा लागि सबै नयाँ थियो, बिलकुल नयाँ,’ उनले भनेका छन्।

केन्यामा १५ वर्ष बिताएका किमेलीका सबैै साथीसंगी उतै छुटे। बोल्ने, खेल्ने, घुम्ने साथीसमेत रहेनन्। बेल्जियममा उनले एक्लो महसुुस गरे। उनले सिएनएनसँग भनेका छन्, ‘केन्याका पाखा पखेरा, साथीसंगति सबै छुटे। बेल्जियममा मलाई आइसोलेसन सेन्टरमा बसेजस्तै लागेको थियोे। यहाँ कसैलाई कसैको मतलब छैन आफन्त, छरछिमेकसँग पनि बोल्न नपाइने। यो निकै ठूलोे भिन्नता थियो केन्या र बेल्जियममा।’

बेलाबेला केन्याकोे याद आइरहन्थ्यो उनलाई। घर फर्किन चाहन्थे। बेल्जियम पटक्कै मन परेको थिएन। तर, उनलाई घरको यादभन्दा बढी आमाकोे यादले वर्षौं सताएकोे थियो। र त उनी चाहेर पनि केन्या फर्किन सकेनन्।

त्यही बिरानो लागेको बेल्जियममा उनकोे भाग्य परिवर्तन भयो, जब एक प्रशिक्षकले किमेलीलाई अन्तरदेशीय दौड प्रतियोगितामा दौडिरहेकोे देखे।

भाषाको समस्या भएकाले उनी स्थानीय भाषा डच सिक्न कक्षा लिइरहेका थिए। तर उनकोे कक्षाले भन्दा बढी प्रतिफल दौडले दिइरहेकोे थियो। ‘अन्य स्कुलका साथीहरुभन्दा जहिल्यै दुई मिनेट अगाडि हुन्थे, म हरेकपटक जितिरहेकोे थिएँ,’ उनले ओलम्पिक खेल्न आएपछि भनेका छन्।

प्रशिक्षकको प्रोत्साहनले उनलाई थप हौस्यायो। उनले किमेलीलाई क्लबमा जोडिन आग्रह गरे। तर बेल्जियम भाषा र समाज नबुझेका उनलाई निकै गाह्रो भइरहेको थियो। उनलाई खेलकुद सम्बन्धी नियम सिक्न र बुझ्न समेत हम्मेहम्मे पर्ने थाहा थियोे।

एक पटक किमेलीले आफू पहिलो नम्बरमा रहेको ठानेर बीचमै रोकिएका थिए। तर जब उनले पछाडि फर्केर हेरे, उनी २५ औैं नम्बरमा थिए। किमेलीले बेल्जियममा पाइला राखेदेखि आफूले दौडन सुरु गरेको बताएका छन्। आफूलाई कसैले पनि २५ औं नम्बरमा रहेको कुरा कसैले नभनेको किस्सा सम्झँदै सो कुरा निकै हास्यास्पद रहेकोे उनले जनाएका छन्।

त्यसो त किमेलीले फुटबलमा पनि हात हालेका थिए। तर त्यहाँ पनि भाषाकै अवरोध। त्यसैले उनका लागि फुटबल निकै परको खेल भयो। ‘फुटबल समूहमा खेलिने र त्यहाँ सबैले डच बोल्ने, यता मलाई भने डचको ‘ड’ पनि नआउने,’ उनले सिएनएनसँगको कुराकानीमा भनेका छन्, ‘साथीहरुले बल पास देउ, बल देउ भनेको पनि बुझ्न सकिनँ।’

दौडँदा कसैसँग बोल्नु नपर्ने। त्यसैले उनको खुसी दौडमै भेटियो। उनले दौडलाई नै निरन्तरता दिए। किमेलीकोे दौैडप्रतिकोे लगाव देखेर नै त हो आमाले पनि राम्रो जुत्ता किनिदिएकी। जुत्ता पाएपछि उनी आफ्नोे पहिलो कोच डेभिड एभिपोएलसँग प्रशिक्षण लिन थाले।

किमेलीले सन् २०११ मा टर्कीमा भएकोे युरोपियन युथ ओलम्पिक फेस्टिबल अन्तर्राष्ट्रिय प्रतियोगितामा पहलो पटक भाग लिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेपछि किमेलीको मनोबल मात्रै बढेन, सपना र चाहना पनि बढ्दै गयो। उनको लक्ष्य रजतमामात्रै सीमित रहेन, स्वर्णतिर गयोे।

टर्कीमा सम्पन्न प्रतियोगिताकोे दुई वर्षपछि सर्बियामा भएकोे एक युरोपियन क्रसकन्ट्री दौडमा उनले रजत मेडल जिते। अनि टिम मौरियौैकाको प्रशिक्षार्थी बने। मौरियौकाले किमेलीलाई प्रोत्साहन र हौसला दियो, उनले टिममा रहँदा ठूलो सपना देखेका थिए। सपना थियो– गोल्ड मेडल जित्ने।

संसारका उत्कृष्ट धावकहरुसँग दौडिने र विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा प्रतिभा देखाउने। र, त्यही सपनालाई किमेलीले पछ्याइरहे। किमेलीले ‘म ओलम्पिकसम्म पुग्छु?’ भनेर प्रशिक्षकलाई सोधे। प्रशिक्षकले उनीसँग प्रतिभा र कला भएकाले प्रशिक्षण सुरु गर्न आग्रह गरे। ‘तिमीसँग प्रतिभा छ, प्रशिक्षण सुरु गर, आफूलाई केन्द्रित गर। तिमी दोस्रो स्थानमा आयौ भने पनि प्रगति हुने छ,’ प्रशिक्षकले भनेको उनले सम्झेका छन्।

युरोपियन क्रस कन्ट्रीअन्तर्गत भएको खेलमा सिल्भर मेडल जितेपछि उनकोे सपना टोकियो ओलम्पिक थियो। जसका लागि उनले दिनरात नभनी मेहनत गरेका छन्।

सपना पछ्याउँदै जाँदा किमेलीले सन् २०१६ मा भएको युरोपियन क्रसकन्ट्री च्याम्पियनसिपमा स्वर्ण पदक, २०१८ मा र हालै भएको युरोपियन एथलेटिक्स इन्डोेर च्याम्पियनसिपमा रजत पदक जितेका थिए।

किमेलीलाई एथ्लेटिक्सहरुको कप्तानको जिम्मेवारी पनि दिइएको थियो, जसको नाम एथलेटिक्स एलिट मेन्स थियोे। ‘मेरो भूमिका भनेको एथलेटिक्सहरुलाई हौसला र अनुभव साट्नु र उत्प्रेरणा दिनु  थियोे,’ उनले भनेका थिए।

टोकियो ओलम्पिकमा स्वर्ण पदक नआए पनि रजत पदक आउनेमा उनी विश्वस्त छन्। उनी आफू खेलाडी भएकोे र मानसिक रुपमा एकदमै तगडा भएकोमा विश्वस्त छन्। केन्यामा रहँदा किमेलीलाई खेलकुदसँग वास्तै थिएन।

स्कुल जानुबाहेक बाँकी समय हजुरबासँग खेतबारीमा काम गर्नु र गाईवस्तुको हेरचाह गर्नु उनको दैनिकी थियो। यसो भन्दैमा केन्यामा धावक नै जन्मिएका छैनन् भन्ने चाहिँ होइन। किनभने केन्याले धेरै धावक जन्माएको छ। केन्याले विश्वलार्ई म्याराथनमा विश्व रेकर्ड राखेका इलिउड किपचोगे र ओलम्पकिमा रेकर्ड बनाएका भिभियन चेरुईओत जस्ता धावक दिएकोे छ।

किमेली पनि त्यसै धावक भूमिमा जन्मेका थिए। किमेलीले यहाँसम्म पुग्नुमा हजुरबाले सिकाएको पाठ महत्वपूर्ण भएकोे बताएका छन्। ‘म केन्यामा हुँदा कहिल्यै दौडिनँ, कहिल्यै दोडिने प्रयास पनि गरिनँ,’ उनले भनेका छन्। सायद उनकोे सफलता बेल्जियममै लेखिएको थियो।

उनका हजुरबा बाजस्तै थिए। उनले जिन्दगीभर पढाए, सिकाए। अरुको कुभलो चिताउन सिकाएनन्। मान्छेको सम्मान गर्न सिकाए, केवल राम्रो कामतिर लाग्न प्रेरित गरिरहे। ‘जिन्दगीमा केले अर्थ राख्छ, के महत्वपूर्ण छ त्योे नर्बिसिनुस्,’ किमेली भन्छन्।

किमेली बेल्जियम आएको केही समयपछि हजुरबा बिते। उनले नातिको सफलता हेर्न पाएनन्। टोकियो ओलम्पिकको जित हजुरबाको नाममा समर्पित गर्ने उनको इच्छा छ।

पछिल्लो पटक किमेली केन्या गए, जहाँ उनले हजुरबाकोे न्यास्रोे मेट्ने मौका पाए। किमेलीले हजुरबाको सम्मानमा पहिलो स्कुल पदक अर्पण गरेका छन्। उनले हजुरबाको सम्मान र गर्वका लागि यस्तोे गरेका हुन्।

उनकी हजुरआमा नाति दौडेको टिभीमा हेर्छिन्, खुसी हुन्छिन् र भन्छिन्– हामीलाई नबिर्सिनु है।’ कोरोेना भाइरसका कारण किमेलीको परिवार उनको साथ हुने छैन। तर उनलाई आशा छ– उनीहरु घरमै बसेर टिभी हेरिरहेका हुनेछन्।

किमेलीले भनेका छन्, ‘म मेरोे परिवारलाई गौरवान्वित बनाउन चाहन्छु, यही कुराले मलाई ऊर्जा र उत्प्रेरणा दिएको छ। मैले कडा मेहनत गरेकोे छु।’ अरुलाई हौसला र प्रेरणा मिलोस् भनेर उनले आफ्नोे विगत सुनाएका हुन्। ‘केन्यामा हुँदा मैले एडिडास र नाइककोे जुत्ता लगाउने सपना कहिल्यै देखिनँ। म सबैलाई देखाउन, भन्न चाहन्छु– दुनियाँमा सबै सम्भव छ, सबै कुरा सीमित हुँदैनन्।’

उनी आफ्नो जन्मभूमि केन्याप्रति कृतज्ञ छन् भने कर्मभूमि बेल्जियमप्रति उत्तरदायी। बेल्जियमले आफूलाई सुनौलोे अवसर दिएको र जिन्दगी परिवर्तन गरेको उनको भनाइ छ। ‘मलाई थाहा छ मेरो रगत केन्याको होे तर मुटुमा बेल्जियम छ। बेल्जियमका लागि दौडिरहेको छु, दौडिनेछु,’ किमेलीले भनेका छन्।

कोरोना महामारीका कारण दर्शक नभएकाले ओलम्पिक खल्लोे लागेको छ किमेलीलाई। ‘म अझै पनि सपनामै छु जस्तोे लाग्छ। केन्यामा जुत्ता लगाउन नपाएको मलाई विश्वास नै भइरहेको छैन कि म यतिबेला टोकियोमा छु,’ उनले भनेका छन्। 

(सीएनएनमा प्रकाशित सामग्री अंगद सिंहले भावानुवाद गरेका हुन्)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट