काठमाडौं- काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार निषेध आदेशको विषयमा थप छलफल गर्ने भएका छन्। आगामी दिनमा निषेध आदेशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आज आफूहरूबीच छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलाले बताए।
बैठकमा छलफल गरेर निषेध आदेशलाई कसरी वैज्ञानिक र व्यवहारिक बनाउन सकिन्छ भन्ने निश्कर्ष निकालिने उनले बताए। निषेध आदेशपछि कुन-कुन क्षेत्र खुल्न दिने र कति समयसम्म खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए।
उनले अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खुल्ने गरेको बताए। निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दैको त्यसको समय केही अगाडि सार्नेकि भन्ने मनसायमा आफू रहेको उनले जानकारी दिए।
निश्चित समय र मापदण्ड पुरा गरेर कपडा पसल खुलाउने बारे छलफल हुनुका साथै पुस्तक पसल पनि केही लामो समयसम्म खोल्ने विषयमा छलफल जारी रहेको उनले बताए।
कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेध आदेश एक साता थप्ने सीडीओहरूको तयारी छ। उनले नीजि सवारी साधनमा पनि जोरबिजोर लागू गर्नुपर्ने मानसिकतामा आफूरहेको उनले बताए।