बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट पूर्वसञ्चार राज्यमन्त्री विष्टको निधन

कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

triton college
corrent noodles
Metro Mart

सुर्खेत- कोरोना संक्रमणका कारण पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत उनको आइतबार बिहान ५ बजेतिर निधन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले पुष्टि गरे। 

पूर्वसंविधानसभा सदस्य विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए। २०४६ साल पहिले प्रतिनिबन्धित नेपाली कांग्रेसका सदस्य रहेका उनी २०४९ जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए। 

एक महिनाअघि कोरोना संक्रमण भएको उनको सुर्खेतमा उपचार सम्भव नभएपछि हप्तादिन अघिमात्रै काठमाडौं रिफर गरिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने (मालुझुल) निवासी उनको ६० वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित: Jun 20, 2021| 02:06 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।