बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

धनगढी- स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ। डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो। 

triton college

असार २ गते जोगबुडा अस्पताल स्वास्थ्य सामाग्री पुर्‍याउन गएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। 
उनको खोजीकार्यका लागि परिवारले ईलाका प्रहरी कार्यालय निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले तीन दिन अघिदेखि सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको बताए।

प्रहरी नायव उपरीक्षक नेपालले ईलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताए।

उनले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताए। हत्या हो या आत्महत्या त्यो अनुसन्धानपछि खुल्छ उनले भने, ‘प्रहरी अनुसन्धानमा खटिसकेको छ।’

प्रकाशित: Jun 19, 2021| 09:56 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।