कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपीडी सेवा सञ्चालन गरिने भएको छ।
कोरोना संक्रमण बढेसँगै बन्द गरिएको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आउन लागेको हो।
अस्पतालमा कोरोनाका बिरामीहरूको संख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार सामाजिक दूरी कायम गरी प्रतिदिन २० जनालाई उक्त सेवा दिइने छ।