फोटो समाचार

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

1626764848.IMG_20210720_111916.jpg

काठमाडौं-  राजधानीको टेकुस्थित सरुवा रोग अस्पतालमा मंगलबार सबेरैदेखि खोप लगाउनेको लाम लागेको छ। उनीहरूमध्ये अधिकांश  विदेश जाने तयारीमा छन्। कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। 

देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट