काठमाडौं– विश्वकप फुटबल २०१८ अन्तर्गतको आइतबारको दोस्रो खेलमा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको छ ।
पहिलो हाफमा एक गोलले अग्रता लिएको मेक्सिको विरुद्ध गोल गर्न नसक्दा जर्मनी पराजित भएको हो ।
प्रतियोगिता अन्तर्गत खेलको ३५ औं मिनेटमा मेक्सिकोका तर्फबाट इर्भिङ लोथानाले गोल गर्दै मेक्सिकोलाई १–० को अग्रता दिलाएका थिए । लोथानाको एकमात्र गोल प्रतियोगिताको लागि निर्णायक गोल बन्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४