विशेष समाचार

यस कारण मास्नु हुँदैन कालीगण्डकी सभ्यता

1626751288.kali-gandaki-river-rafting-in-nepal10.jpeg
कालीगण्डकी नदी। तस्बिर : नेपालइकाेट्रेक

काठमाडौं– कालीगण्डकी–तिनाउ डाइभर्सन (पथान्तरण) आयोजनाबारे प्रक्रिया अगाडि बढाएपछि धेरैतिरबाट विरोध र सहमतिका स्वर प्रकट भए। कतिपयले सभ्यता नै मासिने गरी विकास आवश्यक छैन भनेर ‘विकास विरोधी’ अभिव्यक्ति दिए भने कतिपयले यस्ता आयोजनाले मुलुकको समृद्धिमा नयाँ आयाम थपिने भन्दै समर्थन पनि गरेका छन्। 

यद्यपि वातावरण संरक्षणकर्मी तथा कानुन व्यवसायीले दिएको रिटमा सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई डाइभर्सन गरी रिजरभ्वायर बनाउने, प्रदूषित गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ। 

आयोजनाको कार्यालय उद्घाटन गरेको केपी ओली नेतृत्वको सरकार परिवर्तन भएको छ भने अदालतले पनि अन्तरिम आदेश दिएकाले यो आयोजना के होला? त्यो त भविष्यले नै बताउला। केही संरक्षणकर्मीले कालीगण्डकी सभ्यतासँग जोडिएकाले विनाश गर्न नहुनेमा जोड दिएका छन्। तिनै आधारमा यहाँ कालीगण्डकीको सांस्कृतिक महत्त्वका सन्दर्भमा केही चर्चा गरिएको छ। 

यजुर्वेदको ब्राह्मणगन्थ शतपथ ब्राह्मण (१।४।१।१७) मा सदानीरा नदीको नाम उल्लेख छ। यसलाई कोशल र विदेहको सीमा नदीका रुपमा लिइएको छ। कतिपयले यही नदीलाई गण्डकी भनेको पाइन्छ। महाभारतको सभा पर्व (२०।२७), वन पर्व (८४।१३, २२२।२२) मा प्रयुक्त ‘गण्डसाह्वया’ शब्द नै गण्डकी हो भन्नेमा धेरैको मत मिल्छ। 

यजुर्वेदको ब्राह्मणगन्थ शतपथ ब्राह्मण (१।४।१।१७) मा सदानीरा नदीको नाम उल्लेख छ। यसलाई कोशल र विदेहको सीमा नदीका रुपमा लिइएको छ। कतिपयले यही नदीलाई गण्डकी भनेको पाइन्छ। महाभारतको सभा पर्व (२०।२७), वन पर्व (८४।१३, २२२।२२) मा प्रयुक्त ‘गण्डसाह्वया’ शब्द नै गण्डकी हो भन्नेमा धेरैको मत मिल्छ। 

कृष्णाभा, कृष्णागण्डकी, चक्रनदी, महानदी, सरित्प्रवराजस्ता पौराणिक नाम पनि गण्डकी नै  हो भन्ने कतिपयको बुझाइ छ। गोसाइँकुण्ड (रसुवा) देखि दामोदरकुण्ड (मुस्ताङ) सम्मका हिमाली क्षेत्रबाट निस्किएर कतै त्रिशूली र कतै गण्डकीको रूपमा बग्दै देवघाटमा पुगेपछि नारायणी भनिने यो नदीका धेरै शाखा छन्। 

दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी (पीतृतीर्थ), गलेश्वरधाम, कालञ्जर, (मृगतीर्थ), मादीबेनी, जैमिनीघाट, रुद्रवेणी, सेतीवेणी, रुरुक्षेत्र, मालुङेगा, रामदी, केलादी, देवघाट, त्रिवेणीजस्ता तीर्थ कालीगण्डकीकै तटमा रहेकाले अन्य शाखाको तुलनामा सभ्यता र संस्कृतिसँग यसको महत्त्व रहेको स्पष्ट हुन्छ। अर्को कुरा विश्वभरका हिन्दूले कालीगण्डकीमा पाइने शालीग्रामलाई भगवान् विष्णुको रूप मानेर पुज्दै आएका छन्। 

वेद, रामायण, महाभारत तथा स्कन्द, पद्म, गरुड, ब्रद्मवैवर्त, वाराह, विष्णु, नरसिंह, नारदीय, श्रीमद्देवीभागवत, श्रीमद्भागवतमहापुराणलगायतका पौराणिक वाङ्मयमा कालीगण्डकी र यसका तटवर्ती क्षेत्रमा रहेका उपर्युक्त तीर्थहरुको वर्णन गरिएको छ। 

कालीगण्डकीको उत्पत्ति

हिमालय पर्वत शृंखला अफगानस्तानदेखि म्यानमारसम्म फैलिएको छ। यही शृंखलामा नेपाल अवस्थित छ। भूगर्भविद्हरुका अनुसार करिब चार करोड वर्षपहिले दक्षिणी गोलार्धमा रहेको भारतीय भू–खण्ड (प्लेट) उत्तरतिर सर्दै आयो र करिब दुई करोड वर्षअघि उत्तरमा रहेको एसिएन भू–खण्ड (प्लेट) सँग ठोक्किन आइपुग्यो। फलस्वरुप भारतीय भू–खण्ड एसियन भू–खण्डमुनि धस्सिन सुरु भयो। टेथिस नामक समुद्र रहेको भागमाथि उठेर पर्वतमा रहेको एसियन भू–खण्ड दोब्रिँदै हिमालय पर्वत शृंखला बन्यो।

पर्वत बन्ने क्रमलाई प्रस्ट्याउँदै जलाधारविद् मधुकर उपाध्याय भन्छन्, ‘जसरी एउटा टेबुलमाथि राखिएको बाक्लो कपडालाई दुईटिरबाट हातले ठेल्दा बीचमा कपडा दोब्रिन्छ, त्यसैगरी भारतीय भू–खण्ड दबाबका कारणले एसियन भू–खण्ड दोब्रिएर माथि उठ्न थाल्यो र हिमालय पर्वत शृंखलाको निर्माण क्रम सुरु भयो।’

मुस्ताङमा बगिरहेकाे कालीगण्डकी। 

उपाध्यायअनुसार सबभन्दा पहिला तिब्बती सीमान्त पर्वत बन्यो। त्यसपछि अग्ला हिमशृंखला बन्यो अनि महाभारत पवर्त बन्यो। अन्त्यमा चुरे पर्वत बन्यो। यही पर्वत बन्ने क्रममा नदीहरुको पनि उत्पत्ति भयो र त्यसमध्येको एउटा नदी कालीगण्डकी हो।

कालीगण्डकीको उद्गम मुस्ताङ उपत्यकाको पूर्वी कुनामा तिब्बतको सीमामा रहेको ६ हजार २ सय ६८ मिटरको न्हुबिने हिमाल र त्यसको हिमनदी हो। छौमा नामले उद्गमस्थलबाट केही दुरी दक्षिणमा बगेपछि उत्तर–पश्चिममा रहेको लो–मान्थाङ क्षेत्रको न्हेचुङ खोला आएर यसमा मिसिन्छ र यसको नाम खोला मुस्ताङ खोला हुन्छ। मुस्ताङ खोला झण्डै ६० किलोमिटर बगेर कागबेनीमा आइपुग्छ।

कागबेनीमा मुक्तिनाथबाट आउने झोङखोला नामको कृष्णा नदी मिसिएपछि मुस्ताङ खोला कृष्णागण्डकीको नाउँले चिनिन्छ। कालीगण्डकीको कुल लम्बाइ ८ सय १४ किलोमिटर छ भने यसको झण्डै ५ सय किलोमिटर भाग नेपालमा बग्छ भने ३ यस किलोमिटर भाग भारतमा बग्छ।

कालीगण्डकीको जलाधार क्षेत्रमा पर्ने जिल्ला हुन्, मुस्ताङ, बाग्लुङ, गल्मी, पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ, चितवन, पूर्वी नवलपरासी, र पश्चिम नवलपरासी। सप्तगण्डकी नदी प्रणालीका सहायक नदी हुन्ः त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र मोदी।

कालीगण्डकीको जलाधार क्षेत्रमा हिमालय पर्वत शृंंखलामा ८ हजार मिटरभन्दा अग्ला धवलागिरी, अन्नपूर्ण, र मनास्लु पर्दछन् भने ८ हजार मिटरभन्दा कम र ६ हजार मिटरभन्दा माथिका २ दर्जनभन्दा धेरै हिमशिखर पर्दछन्। कालीगण्डकीको जलाधार क्षेत्रमा पर्ने जिल्ला हुन्, मुस्ताङ, बाग्लुङ, गल्मी, पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ, चितवन, पूर्वी नवलपरासी, र पश्चिम नवलपरासी। सप्तगण्डकी नदी प्रणालीका सहायक नदी हुन्ः त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र मोदी।

गण्डकी नदी प्रणालीका महत्त्वपूर्ण अंशका रुपमा रहेका खोलामा भोटेखोला, वेत्रावत्री, तादी, दरौंदी, ङादी, पौंदी, रघुघाट, म्याग्दी, आँधीखोला, बडिगाड र राप्ती हुन्। गण्डकी नदी प्रणालीका जलाधार क्षेत्रमा १ हजार २५ हिमनदी र ३ सय तालतलैया छन्।

सन् २००८ मा गरिएको एक अध्ययनअनुसार कालीप्रसवण क्षेत्र २५ प्रजातिको किराहरु, १८ प्रजातिका पुतलीहरु, ११ प्रजातिका उभयचर प्राणीहरु, १ सय ५ जातिका चरा, २९ प्रजातिका स्तनधारी आश्रयस्थल हो।

कालीगण्डकी सम्पदाका अनुसन्धानदाता डा. जगन्नाथ रेग्मी कालीगण्डकीका तटवर्ती क्षेत्रहरुमा अवस्थित गुफा वैदिक कालदेखिका अन्वेषक, साधकका आश्रयस्थल थिए भन्ने कुरा मरीचि, अत्रि, अंगिरा, पुलस्त, पुलह, कपिल, देवदत्त, और्व, जैमिनी, व्यास, वाल्मीकि, ऋषभदेव, राजर्षि, भारत, रहुगणजस्ता विश्वविश्रुत ऋषिमुनिहरुसँग सम्बन्धित उपाख्यानले प्रमाणित गर्ने बताउँछन्।

त्यसैले कालीगण्डकी सभ्यतासँग जोडिएको धेरैको बुझाइ छ। ‘कालीगण्डकी सभ्यता र संस्कृतिको प्रतीक नदी हो,’ राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरि भन्छन्, ‘विश्वका १३ वटा सभ्यताको कालीगण्डकी एउटा सभ्यता हो।’ नदीको पथान्तरण नगरेर पनि यसमा पर्यटक आकर्षित गर्ने विभिन्न खालका योजना ल्याउन सकिने उनको सुझाव छ। 

‘राज्यले नदी पथान्तरण योजनालाई राष्ट्रिय गौरवको योजना भनेको छ,’ गिरि भन्छन्, ‘विश्वका डेढ अर्ब हिन्दू तथा बौद्ध, शिखलगायतका गरी झण्डै २ अर्ब हिन्दूको आस्थालाई राष्ट्रिय गौरव मान्न नसकिने?’

कालीगण्डकी तीर्थको दर्शन र स्नान गर्न गर्न बर्सेनि भारतलगायत छिमेकी देशबाट मात्रै लाखौंको संख्यामा धार्मिक पर्यटक भित्रिने गरेका छन्। अन्य मुलुकबाट पनि यहाँ भित्रिने पर्यटकको चाप बढ्दो छ। यसलाई तीर्थ पर्यटनका रुपमा विकास गर्नुपर्ने र यसअन्तर्गतका जैविक विविधता संरक्षण गर्नुपर्ने अनुसन्धानदाता डा.रेग्मी बताउँछन्।

‘राज्यले नदी पथान्तरण योजनालाई राष्ट्रिय गौरवको योजना भनेको छ,’ गिरि भन्छन्, ‘विश्वका डेढ अर्ब हिन्दू तथा बौद्ध, शिखलगायतका गरी झण्डै २ अर्ब हिन्दूको आस्थालाई राष्ट्रिय गौरव मान्न नसकिने?’

काश्मीरका महाकवि कह्लणको राजतरङ्गिणी महाकाव्यदेखि लिएर आधुनिक युगका काव्य साहित्यमा समेत कालीगण्डकीको विशेष महत्त्व प्रकट गरिएको पाइन्छ। ‘यहाँका विभिन्न वेणी, घाट, र आश्रम सिद्ध, योगी, सन्त, महात्माहरुका साधना क्षेत्र भएको तथ्य यहाँ रहेका प्राचीन मठमन्दिर र कल्पवासका पुरातन स्थलहरुले पनि बताइरहेका छन्,’ रेग्मी भन्छन्, ‘तसर्थ यो भूमि आर्ष सभ्यताको महनीय क्षेत्र हो।’

उनका अनुसार सर्वदेवमय हिरण्यगर्भ भगवान् विष्णुका अवतार स्वरुप शालग्राम शिला विश्वमै गण्डकीबाहेक अन्यत्र पाइँदैनन्। ‘हामी विकास विरोधी होइनौं तर धार्मिक र सांस्कृतिक आस्थासँग जोडिएको विषयमा निर्णय गर्दा तटवर्ती क्षेत्रका बासिन्दालाई प्राथमिकता दिनुपर्छ भने यहाँको सभ्यता र पहिचान जोगाउनुपर्छ’, रेग्मी भन्छन्। यस्तै डा. गिरि पनि नदीको पथान्तरणभन्दा अन्य पूर्वाधार निर्माण गरेर पनि पूर्वाधार विकास गर्न सकिने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट