शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी काम गर्नुपर्छ : सिविफिन

धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी काम गर्नुपर्छ : सिविफिन

 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

triton college

व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रूपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी हुने परिसंघले भनेको छ । 

“सम्बन्धित संस्थाहरूको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरूलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरूको हित हुनेछ,” जारी विज्ञप्तिमा भनिएको छ ।

बोर्ड सम्बन्धित लगानीकर्ताहरूको अभिभावकीय संस्था र सूचीकृत संस्थाहरूको नियामक निकाय रहेको भन्दै धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवम् विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरूलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्नेमा अपेक्षा गरेको परिसंघले जनाएको छ । 

प्रकाशित: Jun 18, 2021| 11:10 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्