शुक्रबार, वैशाख ७, २०८१

धितोपत्र बोर्डभित्रकै व्यक्तिबाट बजारमा चलखेल : इपान

स्वतन्त्र उर्जा उत्पादहरूको संस्था नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्डले असार १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादहरूको संस्था नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्डले असार १ गते सार्वजनिक गरेको ५१ कम्पनीमा भएको लगानी अवधारणाप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

triton college

बोर्ड आफैँले सेयर निश्काशनको अनुमति दिएर सूचीकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोस्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई जोखिमयुक्त लगानी भनेकोमा इप्पान दुःख व्यक्त गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरूलाई लगाउँदै आएको एडी प्यानेल्टी हटाउन सफल हुनु, कर्जा आयोजनाहरूलाई बैंक तथा वित्तिय संस्थाहरूले १४ प्रतिशतसम्म ब्याज लिँदै आएकोमा सो ब्याजदर ७ प्रतिशततमा झार्न सफल हुनु, रुग्ण जलविद्युत आयोजनाहरूलाई सबल रूपमा संचालनका लागि नेपाल राष्ट्र बैंक मार्फत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत आयोजनाहरूलाई आवश्यक पर्ने सामग्रीहरूमा भ्याट छुटको व्यवस्था हुनु जस्ता सकारात्मक कदमहरूका कारण जलविद्युत कम्पनीहरूको प्रतिसेयर मूल्य आम्दानी, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कम हुनु स्वभाविक भएपनि सेयर मूल्यमा सकारात्मक प्रभाव परेको इपानको भनाइ छ । 

“किनकि जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरुभएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिसेयर मूल्य आम्दानी, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ वृद्धिहेने अवगत गराउन चाहन्छौँ,” अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “तर धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैंक तथा वित्तिय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार सुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्यांकन अन्यायपूर्ण छ ।”

धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र हो भन्दै इपानले स्वतन्त्र बजारमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भएपनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तीहरूको बोली र व्यवहारले समेत असर गर्ने जनाएको छ । त्यसैले दोस्रो बजारमा हुने सेयर कारोबारमा कम्पनी आफैँले आफ्नो कम्पनीको सेयर खरिद विक्री गरेजस्तै गरेर बोर्डले कम्पनीहरूको नामावली प्रकाशन गरेर मिडियाबाजी गर्नु शोभनीय नभएको इपानले भनेको छ ।

corrent noodles
Metro Mart

यदि कसैले सेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय बोर्डले गोप्य रूपमा छानविन गरेर गलत गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्नुपर्ने जनाएको छ । यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरूको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार रहेको पनि आचार्यले बताएका छन् ।

“तर बोर्ड आफैले कम्पनीको सेयर मूल्यमा चलखेल भएको भनेर कम्पनीको नाम निकालेर मिडियाबाजी गर्नु आफैँमा लज्जास्पद छ । यसले धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रूपमा नियन्त्रणका लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन,” विज्ञप्तिमा भनिएको छ, “कतै बोर्ड भित्रकै व्यक्तीहरूबाट बजारमा चलखेल भैरहेको त छैन भन्ने गम्भीर आशंका पैदा भएको छ ।”

इपानले अर्थ मन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरूबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न माग पनि गरेको छ ।

प्रकाशित: Jun 18, 2021| 11:08 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्