बिहीबार, वैशाख १३, २०८१

फिल्मको नामलाई लिएर अक्षय कुमारको पुत्ला दहन

अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को नाम विवाद झन् झन् चुलिएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

एजेन्सी- अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को नाम विवाद झन् झन् चुलिएको छ।

triton college

यसअघि फिल्मको शिर्षकलाई लिएर करणी सेनाले आपत्ति जनाएको थियो। बिहीबार फेरि भारतको चण्डीगढमा अखिल भारतीय क्षेत्रीय महासभाले फिल्मको नामलाई लिएर विरोध प्रदर्शन गरेको छ।

विरोधका क्रममा प्रदर्शनकारीले फिल्मका अभिनेता अक्षय कुमार, फिल्मका निर्देशक डा. चन्द्रप्रकाश द्धिवेदी, निर्माता आदित्य चोपडालगायतको पुत्लासमेत जलाएको छ। 

राजा राजपूत पृथ्वीराज चौहानको जीवनमा आधारित यो फिल्ममा अक्षयले पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन्। प्रदर्शनकारीले यो फिल्मको नाम ‘पृथ्वीराज’ मात्रै हुन नसक्ने बताएका छन्। उनीहरुको माग छ, ‘यसको नाम कि ‘हिन्दु सम्राट पृथ्वीराज चौहान’ या ‘महाराणा पृथ्वीराज चौहान’ हुनुपर्छ। किनभने पृथ्वीराज चौहान अन्तिम हिन्दु सम्राट थिए। त्यसैले उनको नामप्रति पूर्ण सम्मान हुनुपर्छ।’

यतिमात्रै होइन, प्रदर्शनकारीले रिलिजभन्दा अगाडि यो फिल्म क्षेत्रीय राजपूत समाजका प्रतिनिधिलाई पनि देखाउनुपर्ने माग राखेका छन्। ‘ताकि यो फिल्ममा कुनै पनि किसिमको विवाद नदेखियोस् र इतिहासलाई लिएर कुन पनि किसिमको छेडछाड नपाइयोस्।’ उनीहरुको तर्क छ।

corrent noodles
Metro Mart

निर्माण पक्षले यो सर्त नमाने ‘पद्मावत’ र ‘जोधा अकबर’ ताका जे परिणाम निस्किएको थियो, त्यस्तै दृश्य दो¥याउने धम्की पनि प्रदर्शनकारीले दिएका छन्। 

यसअघि राजपूत संगठन करणी सेनाको पनि यस्तै धम्की थियो। करणी सेनाका युवा विभाग अध्यक्ष अर्थात् फिल्ममेकर सुरजित सिंह राठौरले भनेका थिए, ‘जब फिल्म महान् पृथ्वीराज चौहानमाथि आधारित छ भने त्यसको टाइटल ‘पृथ्वीराज’मात्रै कसरी हुनसक्छ? हामी चाहन्छौँ कि फिल्मको शीर्षकमा उहाँको पूरै नाम समावेश गरियोस् र उहाँप्रति सम्मान प्रकट गरियोस्।’

करणी सेनाले पनि फिल्म रिलिजभन्दा अगाडि आफूहरुका लागि स्पेशल स्क्रिनिङ गर्नुपर्ने पनि माग राखेका थिए। ‘यदि उहाँहरुले हाम्रो सल्लाह मान्नुभएन भने अन्य परिणाम पनि भोग्नुपर्ने हुन्छ। ‘पद्मावत’को दौरान संजयलीला भन्सालीसँग के भएको थियो, सायद यो सबैलाई थाहै छ। त्यही अवस्था फेरि नदोहोरियोस्,’ सुरजित सिंहले भनेका थिए।  

अक्षयले सन् २०१९ मा आफ्नो जन्मदिनको अवसरमा यो फिल्म निर्माणको घोषणा गरेका थिए। उनले सोसल मिडियामा एक पोस्ट सेयर गर्दै लेखेका थिए, ‘मेरो जन्मदिनमा आफ्नो पहिलो ऐतिहासिक फिल्म घोषण गर्न पाउँदा म उत्साहित छु। मेरो सबैभन्दा ठूलो फिल्म ‘पृथ्वीराज’मा सम्राट पृथ्वीराज चौहानको भूमिका निभाउन पाउँदा गर्व महसुस गरिरहेको छु। म सधैँ उहाँको वीरता र मूल्यबाट प्रेरित छु। ’

यो फिल्ममा अक्षयका अलावा मानुषी छिल्लर पनि प्रमुख भूमिकामा देखा पर्दैछन्। उनी पृथ्वीराज चौहानकी पत्नी संयुक्ताको भूमिकामा हुनेछन्। यही फिल्मबाट मानुषी बलिउडमा डेब्यु गर्दैछन्। 

प्रकाशित: Jun 18, 2021| 10:40 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्