विराटनगर- मोरङको सुनवर्षीमा जंगल हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा सुनवर्षी-८, हर्चनगडीका २० वर्षीय मनोहर मिया रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार भारतबाट बिहान आएको जंगली हात्ती गाउँ प्रवेश गरेपछि फोटो खिच्न पुगेका मियालाई हात्तीले आक्रमण गरी ग्म्भीर घाइते बनाएको थियाे।
हात्तीको आक्रमणबाट घाइते मियाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।