शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जसपाको आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाँदै उपेन्द्र पक्ष, यी हुन् ४ निर्णय

जसपाको आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाँदै उपेन्द्र पक्ष, यी हुन् ४ निर्णय

'पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,' नेता राईले भने। उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीको उपेन्द्र यादव-डा बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ।

triton college

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। 

'पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,' नेता राईले भने। उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ। 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध एकढिक्का पार्टीका सबै निकायलाई निर्देशन जारी गर्ने निर्णयसमेत भएको राईको भनाइ छ। सरकारले बजेटमा समावेश गरेको चुरु क्षेत्रको विनाशकारी निर्णय फिर्ता लिन आग्रह गर्ने निर्णय पनि कार्यकारिणी समितिले गरेको छ। 

कार्यकारिणी समितिका ४ निर्णय
-पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

corrent noodles
Metro Mart

-लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउने

-ओली प्रतिगमनविरुद्ध एकढिक्का हुन पार्टीका सबै निकायलाई निर्देशन जारी गर्ने

-चुरे क्षेत्र विनाशकारी हुने निर्णय फिर्ताका लागि आग्रह गर्ने

प्रकाशित: Jun 17, 2021| 12:32 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।