बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • निधिको आग्रह– सभापतिमा सघाउनुस्, देउवाको जवाफ– मेरो यो अन्तिम पटक हो

निधिको आग्रह– सभापतिमा सघाउनुस्, देउवाको जवाफ– मेरो यो अन्तिम पटक हो

‘यो मेरा लागि अन्तिम पटक हो। अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्। अर्कोपटक तपाईं नै त हो।’
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापति पदमा सघाउन पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा निधिले यस्तो आग्रह गरेका हुन्। 

triton college

पौने घन्टा भएको कुराकानीमा उपसभापति निधिले सभापति देउवालाई आफू १४ औं महाधिवेशनमा पार्टी सभापति उठ्ने तयारी गरेकोले सहयोग गर्न आग्रह गरेको निधि निकट स्रोतले जनाएको छ।

निधिले महाधिवेशन तयारीका लागि आफूले सम्पर्क कार्यालय खोल्न लागेको जानकारी गराउँदै कार्यालय उद्घाटनमा सभापति देउवासँग आग्रह गरेका थिए। 

‘यो मेरा लागि अन्तिम पटक हो। अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्। अर्कोपटक तपाईं नै त हो।’ 

जबाफमा सभापति देउवाले भने महाधिवेशनमा सभापति पदका लागि एकपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। देउवाको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘यो मेरा लागि अन्तिम पटक हो। अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्। अर्कोपटक तपाईं नै त हो।’ 

जबाफमा निधिले १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन आफूले खेलेको भूमिकाको स्मरण गर्दै अब सभापतिमा आफूलाई छाडिदिनुपर्ने बताएका थिए।  ‘मैले १३ औं महाधिवेशनमा तपाईंलाई सभापति बनाउन निकै सहयोग गरें। अब तपाईं मलाई सहयोग गर्नुपर्छ।’ 

corrent noodles
Metro Mart

दुई नेताबीच क्रियाशील सदस्यता, समायोजन समितिको प्रतिव्दन र त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएको विषयमा पनि कुराकानी भएको थियो। 

निधि संयोजक रहेको समायोजन समितिले अन्य पार्टीबाट आएका नेताकार्यकर्तालाई कांग्रेसमा समायोजन गरेको थियो। समितिले निर्णय गरी केन्द्रीय समितिबाट पारित भएका क्रियाशील लगायतमा वरिष्ठ नेता पौडेललगायतले फेरि फाइल खोल्ने निर्णय गरेकोमा निधिले आपत्ति जनाएका छन्।

उपसभापति निधिले सहकारी बैंक स्थापना, राजर्षी जनक बिश्वविद्यालयको जग्गा प्राप्ति तथा महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रको संरचना लगायतमा सरकारले सहयोग गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। जबाफमा प्रधानमन्त्री देउवाले आफू सकारात्मक भएको बताएका थिए।

प्रकाशित: Aug 04, 2021| 10:52 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...