बिहीबार, वैशाख १३, २०८१

९६ किलो गाँजा र गाडीसहित ५ जना पक्राउ

मकवानपुरमा प्रहरीले ९६ किलो लागुऔषध गाँजा र कन्टेनर गाडीसहित पाँचजनालाई पक्राउ गरेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- मकवानपुरमा प्रहरीले ९६ किलो लागुऔषध गाँजा र कन्टेनर गाडीसहित पाँचजनालाई पक्राउ गरेको छ।

triton college

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले मनहरीबाट हेटौडातर्फ गइरहेको ना २ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लागुऔषध गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा हेटौडा उपमहानगरपालिका– ११ थानाभर्याङस्थित पूर्वपश्चिम लोकमार्ग खण्डमा गाडीलाई रोक्न खोजेपछि चालकले नरोकेरै फरार भएका थिए।

प्रहरीले पिछा गर्दै गएर गाडी नियन्त्रणमा लिएको थियो। कन्टेनर गाडीको क्याविनभित्र चालक बस्ने सिटपछाडि फल्स बटम बनाई ९६ किलो ४०० ग्राम लागुऔषध गाँजा फेला परेको हो।

प्रहरीले गाडीका चालक मनहरी गाउँपालिका ६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक २१ वर्षीय मोसा घलान र कन्टेनरमा सवार कैलाश गाउँपालिका ८ भार्ताका २४ वर्षीय उमेश लामालाई पक्राउ गरेको थियो।

corrent noodles
Metro Mart

उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि प्रहरीले कारोवारमा संलग्न रहेका थप २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका २ का ३१ वर्षीय विष्णु लामा र मकवानपुरको कैलाश गाउँपालिका ८ का २९ वर्षीय रोशन मुक्तान रहेका छन्।

दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए।

प्रकाशित: Jun 16, 2021| 11:19 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।