बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मनाङमा भिजिविलिटी नपुगेर उद्धारमा जान सकेन हेलिकोप्टर

मनाङमा भिजिविलिटी नपुगेर उद्धारमा जान सकेन हेलिकोप्टर

मनाङका बाढीपीडितलाई उद्धार गर्न जाने भनिएको हेलिकोप्टर भिजिविलिटी समस्याका कार जान सकेको छैन। जसका कारण त्यहाँ मानवीय क्षति हुनसक्ने आशंका गरिएको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

पोखरा– मनाङका बाढीपीडितलाई उद्धार गर्न जाने भनिएको हेलिकोप्टर भिजिविलिटी समस्याका कार जान सकेको छैन। जसका कारण त्यहाँ मानवीय क्षति हुनसक्ने आशंका गरिएको छ। 

triton college

गृहमन्त्री खगराज अधिकारीको निर्देशनमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा छ । तर मौसममा सुधार नभएका कारण हेलिकोप्टर काठमाडौंमै रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले नेपाल समयलाई जानकारी दिए। 

‘मन्त्रीज्यूले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको थियो, तर हेलिकोप्टर उड्नै सकेको छैन,’ लामिछानेले भने। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले पनि बाढी पीडितलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भए पनि अहिलेसम्म मनाङमा हेलिकोप्टर पुग्न नसकेको जनाएको छ। कार्यालयका प्रवक्ता श्यामु अर्यालले मौसम नखुलेसम्म त्यहाँ हेलिकोप्टर जान सक्ने अवस्था नरहेको बताए। 

प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार त्यहाँ अहिले खानेपानीको संकट उत्पन्न भएको छ। बाढीले खानेपानीका पाइप बगाएपछि खानेपानी समस्या सिर्जना भएको हो। बाढीले प्रहरी कार्यालय, ५ वटा होटल, प्राइम कमर्सियल र प्रभु बैंकका शाखा कार्यालय तथा नासो गाउँपालिकाको भवन बगाएको छ। 

विमानस्थल रहेको स्थान हुम्देमा गाउँमै बाढी पसेको सूचना आए पनि उद्धारका लागि जान नसकिएको लामिछानेले जानकारी दिए। खोलाहरु बढेर तर्नै नसक्ने अवस्थामा पुगेकाले हुम्देमा जान हिँडेको प्रहरीको टोली बीच बाटोबाटै फर्किएको छ । 

corrent noodles
Metro Mart

बाढी र डुबानमा परेका गाउँका बासिन्दालाई चामेको कारागारमा राखिएको छ। केही भने त्रिपालमुनि बसिरहेको लामिछानेले जनाए। ‘कारागारमा करिब ३ सय जति हुनुहुन्छ, त्रिपालमुनि २ सय जति हुनुहुन्छ,’ लामिछानेले जनाए। 

अबिरल वर्षाका कारण आएको बाढी तथा पहिरोले गण्डकी प्रदेशका अन्य जिल्लामा क्षति पुर्याए पनि सबैभन्दा बढी क्षति मनाङमा पुगेको प्रदेश प्रहरीले जानकारी दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा बाढी पहिरोका कारण कति क्षति भयो भन्ने बारेको तथ्यांक संकलन गरिरहेको जनाएको छ।

प्रकाशित: Jun 16, 2021| 09:12 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।