बुधबार, वैशाख ५, २०८१

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै 

दुवै शक्तिराष्ट्रका नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ। यो वार्ता चारदेखि ५ घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निष्कर्ष निस्कनेमा दुवै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

जेनेभा- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार स्विट्जरल्यान्डको राजधानी जेनेभामा प्रत्यक्ष भेटवार्ता हुँदैछ। अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो। 

triton college

विगत चार महिनादेखि दुवै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए। राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका थिए। रुसका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको उनको आरोप थियो। रुसी राष्ट्रपति पुटिन भने अमेरिकी आरोपको खण्डन गर्दै आएका छन्। 

अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेस हुने बताएका थिए। ‍उनले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको दाबी गरेका छन्। 

दुवै शक्तिराष्ट्रका नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ। यो वार्ता चारदेखि ५ घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निष्कर्ष निस्कनेमा दुवै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ।

राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुवै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने अपेक्षा गरेको बताएका छन्। अमेरिका र रुस दुवैले आपसी सम्बन्धमा स्थायित्व र अनुमानयोग्य हुने विश्वास लिएको राष्ट्रपति बाइडेनको भनाइ छ। 

corrent noodles
Metro Mart

बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा केही रुसी व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। अमेरिकी कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो।  

स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुवै नेतालाई स्वागत गर्ने कार्यक्रम छ। बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाटमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनेछन्। त्यसपछि दुई पक्षीय भेटवार्तामा दुवै पक्षका वरिष्ठ अधिकारी संलग्न हुने बताइएको छ। 

प्रकाशित: Jun 16, 2021| 09:03 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।