काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा आयोजना गरेको छ।
सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको हो।
सो सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५–०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ।
त्यस्तै विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्य गरेको छ।