बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरोमा हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग दाहालको आग्रह

बाढीपहिरोमा हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग दाहालको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी पहिरोमा परेर हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन्। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढी पहिरोमा परेर हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन्। 

triton college

बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले अविरल वर्षासँगै देशका विभिन्न भागहरूमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

‘बाढी र पहिरोमा परी निधन हुनुभएकाहरूमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराइरहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु।’

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागहरूमा धनजनको ठूलो क्षति भएको छ। कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकालीलगायतका नदीहरूमा पानीको बहाव उच्च भई वस्तीहरू डुब्ने खतरा पैदा भएको विज्ञप्तिमा उल्लेख छ।

मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरूको अनुभवसमेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको दाहालको भनाइ छ।

corrent noodles
Metro Mart

‘हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु। यस महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरू निर्देशन गर्दछु,’ उनले भनेका छन्।

दाहालले राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरूको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरूको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि पनि आग्रह गरेका छन्।

प्रकाशित: Jun 16, 2021| 05:54 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।