बुधबार, वैशाख १२, २०८१

७ प्रदेशले ल्याए २ खर्ब ६१ अर्बको बजेट

आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको रहेको छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट लुम्बिनी सरकारले सार्वजनिक गरेको छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट सार्वजनिक गरेका छन्। मंगलबार सातै प्रदेशले २ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका हुन्।

triton college

प्रदेशहरूले स्वास्थ पूर्वाधार तथा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको दावी गरेका छन्। आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको बजेट छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको छ। 

प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। त्यस्तै प्रदेश २ ले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबर र गण्डकी सरकारले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छन्।

आगामी आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४  करोड ६६ लाख रुपैयाँको अनुमानित विवरण सार्वजनिक गरेको छ। त्यस्तै सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 

(यसअघि प्रकाशित समाचार शीर्षकमा अन्यथा भएकाले पाठकवर्गमा पर्न गएको द्विविधाप्रति क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)

corrent noodles
Metro Mart

प्रकाशित: Jun 15, 2021| 13:24 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्