बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रदेश २ : ३३ अर्ब ७९ करोड बजेट, तीन नेताको सालिक बनाउन ६ करोड [पूर्ण पाठसहित]

प्रदेश २ : ३३ अर्ब ७९ करोड बजेट, तीन नेताको सालिक बनाउन ६ करोड [पूर्ण पाठसहित]

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेकाे  छ।
 |  मंगलबार, असार १, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, असार १, २०७८

जनकपुरधाम– प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेकाे  छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले मंगलबार प्रदेश सभामा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। 

triton college

आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालू आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढी छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको कुल बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेटमध्ये चालूतर्फ ४६.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ ५३.४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ ०।३ प्रतिशत अर्थात् १० करोडको बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारका तर्फबाट प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँ६बाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिनेछ। त्यस्तै कम रहन गएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिनेछ। 

स्थानीय तहहरुको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।  बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ। 

बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै  स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ। यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ।

corrent noodles
Metro Mart

प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्न २४ करोड रुपैयाँ विनियोजन गरिएकाे छ।

आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ। प्रदेशमा मिर्गौला रोगीको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउन ३५ वटा डायलसिस मेसिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको छ। 

प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपालल कोभिड अस्पताल तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरेकाे छ।  प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्न २४ करोड रुपैयाँ विनियोजन गरिएकाे छ।

विद्यार्थीको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका लागि बजेट छुट्याइएको छ। यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ। आदिवासी, दलित, जनजाती, मधेस आन्दोलनमा सहिद भएको परिवारको छात्रवृत्तिका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै सो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको हो। 

प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रमका लागि ८ करोड, मझौला सिँचाइ कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि ६८ करोड रकम विनियोजन गरिएको छ। 

रामराजा सिंह र गजेन्द्र नारायणसिंहको सलिलिक निर्माणका लागि ४ करोड, सहिद दुर्गानन्द झाको सालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो। त्यस्तै प्रदेश सरकारको महत्त्वाकांक्षी योजना बेटी पढाउ बेटी बचाउ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको हो।

बजेटकाे पूर्ण पाठ

प्रकाशित: Jun 15, 2021| 12:13 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्