सुर्खेत- नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
आज बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा फ्लोरक्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी छन्।
फ्लोरक्रस गरेर सरकारमा सहभागी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा बैठकमा सहभागी थिएनन्।
कर्णाली प्रदेश सरकारले आज नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ।