शनिबार, वैशाख ८, २०८१

‘लगान’को २० वर्ष : आमिरले रिजेक्ट गर्दा शाहरुखसम्म पुगेको थियो यो फिल्म

फिल्ममेकर आशुतोष गोवारिकर निर्देशित फिल्म ‘लगान’ रिलिज भएको आज (१५ जुन) २० वर्ष पुरा भयो। यो अवसरमा आशुतोषले यो फिल्मले आफ्नो जीन्दगी बदल्दिएको बताएका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

फिल्ममेकर आशुतोष गोवारिकर निर्देशित फिल्म ‘लगान’ रिलिज भएको आज (१५ जुन) २० वर्ष पुरा भयो। यो अवसरमा आशुतोषले यो फिल्मले आफ्नो जीन्दगी बदल्दिएको बताएका छन्।

triton college

दैनिक भास्करसँगको विशेष कुराकानीमा उनले यो फिल्मसँग जोडिएका केही किस्सा सुनाएका छन्। यो फिल्ममा काम गर्न आमिर खानले अस्वीकार गरेपछि यसको प्रस्ताव लिएर आशुतोष शाहरुख खानसम्म पुगेको चर्चा पनि एकताका खुब चलेको थियो। यसबारे पनि आशुतोषले प्रस्ट पारेका छन्। आउनुस्, पढौँ ‘लगान’सँग जोडिएका केही किस्सा आशुतोषकै शब्दमा : 

‘जीन्दगी बदल्दियो’

यो फिल्मसँग मेरो एकदमै इमोशनली जोडिएको छु, किनभने ‘लगान’ नबनेको भए सायद मेरो निर्देशन करिअर फेरि सुरु हुन्थेन। यसअघि मेरा दुई फिल्म चलेका थिएनन्। निर्देशनको अलावा मैले आफूलाई अभिनयमा केन्द्रित गर्न थालिसकेको थिएँ। म सिआइडी शोमा एक्टिङ गरिरहेको थिएँ, तर खुशी थिइनँ। यस्तो स्थितीमा ‘लगान’जस्तो फिल्म गर्ने मौका मिल्नु, अनि आमिर खानले प्रोड्युस पनि गर्नु, यो आफैमा अद्भुत थियो। यो फिल्म चलिदिएपछि नै हो मलाई निर्देशनमा करिअर बनाउने मौका मिलेको। त्यसैले म सधैँ भन्ने गर्छु, यो फिल्मले मेरो जीन्दगी बदल्दियो।

...अनि आमिर तयार भए

corrent noodles
Metro Mart

जब पहिलो पटक मैले ‘लगान’को स्क्रिप्ट पढेँ, त्यतिबेलै मलाई यसबाट केही अद्भुत बन्न सक्छ भन्ने महसुस भएको थियो। यसमा अलग–अलग विधालाई सँगै देखाउनु थियो, पीरियड फिल्म पनि थियो, स्पोट्स ड्रामा पनि देखाउनु थियो, क्रस कल्चर रोमान्स पनि थियो, मेरो हिसाबले यो एकदमै अजीब संयोजनको फिल्म थियो। जब मैले यसको स्क्रिन प्ले लेख्न सुरु गरेँ, तब यो शानदार फिल्म बन्न सक्छ भन्ने महसुस भयो, यदी राम्रोसँग बनाउन सकियो भने। जसरीजसरी समय बित्दै गयो, फिल्मको कथाप्रति झन् झन् आत्मविश्वास बढ्यो तर त्यहि हिसाबमा कलाकारलाई कास्ट गर्न भने सबैभन्दा चुनौतीको विषय थियो। 

यो फिल्म पुरै क्रिकेटमा आधारित थियो। आमिर खानलाई लिड रोलमा काम गर्न हिच्किचाहट थियो। किनभने ‘लगान’भन्दा पहिले पनि उनले एक क्रिकेटमा आधारित फिल्म ‘अब्बल नम्बर’मा काम गरिसकेका थिए, जुन फ्लप भएको थियो। त्यस्तै मैले र  आमिरले सँगै काम गरेको अर्को फिल्म ‘बाजी’ पनि फ्लप भएको थियो। त्यसैले शुरुमा आमिरले मेरो यो प्रस्तावलाई अस्वीकार गर्छ भन्नेमा म निश्चित थिएँ। भयो पनि त्यस्तै। तर, मलाई आमिर नै चाहिएको थियो। किनभने उ सधैँ अलग–अलग किसिमको फिल्म गर्ने कोशिश गर्छ । मैले हिम्मत हारिनँ, स्क्रिप्टमा अझै परिवर्तन ल्याएँ ताकि आमिरले स्वीकार गरोस्। र, प्रस्ताव गरेको एक वर्षपछि आखिरमा मेरो मिहनतले रंग ल्याएरै छाड्यो र आमिरले यो फिल्ममा साइन गरेरै छाडेँ। 

शाहरुख खानलाई पनि अफर

जब आमिरले यो फिल्म अस्वीकार गरेका थिए, त्यतिबेला उनको विकल्पमा अर्को एक्टरको खोजी सुरु भएको थियो। मलाई याद छ, त्यतिबेला आमिरले मसँग भनेका थिएँ– मलाई यो फिल्म गर्नु छैन, तिमीलाई जोसँग जानु छ, जाऊ। त्यसपछि मैले शाहरुख खानसँग प्रस्ताव गरेँ। जबकी त्यसबखत उनी निकै व्यस्त थिए। उनले ‘लगान’को स्क्रिप्ट मनपराएका थिए, तर व्यस्तताले गर्न सकेनन्। त्यसपछि म फेरि आमिरकै पछि लागे र उनी बने यसको फिल्मको हिरो।

सुटिङका चुनौती

यो फिल्म बनाउँदाको सबैभन्दा अप्ठेरो पल क्रिकेट म्याचको सिक्वेन्स शुट थियो। त्यो एक घण्टाको क्रिकेट स्किवेन्स, मेरा लागि सबैभन्दा यादगार पल बन्यो। क्रिकेटका अनेक पक्षहरु थिए र हरेक पात्रको आ–आफ्नै ‘इमोशनल ग्राफ’ थियो। हरेक पात्रको इमोशनलाई देखाउनु थियो। साथै चर्को घाममा शुट गर्दा निकै सकस हुन्थ्यो। बाँझो जमिन थियो र सधैँ तापमान ४० डिग्रीभन्दा माथि नै हुन्थ्यो। यस्तो माहोलमा पुरा युनिटलाई उत्साही बनाइराख्न र सही तरिकासँग सुट गर्न निकै चुनौती थियो। तर, जब मैले स्क्रिनमा हेरेँ, सबैभन्दा बढी त्यही सिक्वेन्सलाई इन्जोय गरेँ। 

‘लगान’को सिक्वेल? 

यो फिल्मको सिक्वेललाई धेरै चासो र प्रश्न उठ्ने गर्छ। तर, यसको सिक्वेल कहिल्यै बन्न सक्दैन। यो फिल्म बनाउनुमा पनि हामीलाई एकदमै धेरै समय लागेको थियो र कथालाई पनि कतै अधुरो छाडेका थिएनौं। यो एक क्लासिक फिल्म हो जसलाई फेरी दोर्‍याउनु सहज छैन।

प्रकाशित: Jun 15, 2021| 07:34 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्