बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पुन दम्पतीद्वारा रोल्पाका १० वटै पालिकामा स्वास्थ्य सामग्री वितरण

पुन दम्पतीद्वारा रोल्पाका १० वटै पालिकामा स्वास्थ्य सामग्री वितरण

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पत्तिले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

रोल्पा- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्त दम्पतीले गृह जिल्ला रोल्पामा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा उपयोगी स्वास्थ्य सामग्री वितरण गरेका छन्।

triton college

जिल्ला अस्पतालसहित स्थानीय तह मातहतका सबै स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीका लागि पुन र उनकी धर्मपत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाएकी हुन्। स्वास्थ्य सामग्री वतरणका लागि पुन र घर्ती रोल्पा नगरपालिकासहित जिल्लाका सबै गाउँपालिका पुगेका थिए।

जिल्ला अस्पताल र सुरक्षाकर्मीका प्रतिनिधि र स्थानीय तहका प्रमुखहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पुनको सचिवालयले जनाएको छ। 

वितरण गरिएका स्वास्थ्य सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ब्याग, एन–१९ मास्क, सर्जिकल मास्क, इन्टिजन किट, पिपिई लगायत छन्। 

प्रकाशित: Jun 15, 2021| 06:03 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।