बिहीबार, वैशाख ६, २०८१

जबर्जस्ती करणी गरेर फरार रहेका आरोपी पक्राउ

१९ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको अभियोग लागेपछि फरार रहेका युवक पक्राउ परेका छन्।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

धनगढी- १९ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको अभियोग लागेपछि फरार रहेका युवक पक्राउ परेका छन्।

triton college

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का २० वर्षीय सिप्पु खुना रहेको प्रहरीले जनाएको छ। उनलाई वेदकोट नगरपालिका-६, औजाखाली जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । 

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ। प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो।

गत जेठ २७ गते वेदकोटकी किशोरीलाई बहेला सामुदायिक वनमा सँगै घुम्न गएको बेला सामूहिक जबर्जस्ती करणी गरेको उनीहरूलाई आरोप छ।

प्रकाशित: Jun 15, 2021| 05:15 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।