चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि मेडिकल कलेजहरूका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएससी नर्सिङ, एमबिबिएस, बिडिएस, लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको हो।
एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ १८३५ सिट र बिडिएस तर्फ ५६५ सिट तोकिएको छ ।
एमबिबिएस तहको पढाई गर्न अनुमति प्राप्त २० मेडिकल कलेजमध्ये १७ वटाले ऐनले तोक्न मिल्ने अधिकतम अर्थात शतप्रतिशत सिट पाएका छन्।