बिहीबार, वैशाख १३, २०८१

प्रदेश २ बजेट: स्वास्थ्य, उद्योग र कृषिमा केन्द्रित

प्रदेश २ सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन लागेको छ। प्रदेश सरकारले असार १ गतेभित्र प्रदेश सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। 
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन लागेको छ। प्रदेश सरकारले असार १ गतेभित्र प्रदेश सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। 

triton college

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालु वर्षकै हराहारीको आकारमा बजेट आउने बताए। 

कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित बजेट पेस गर्ने तयारी भइरहेको उनको भनाइ छ। विकास निर्माणको बजेट चालु आर्थिक वर्षको भन्दा केही कम हुन सक्ने तथा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्ने उनले जानकारी दिए।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने बजेट ल्याउन लागिएको उनले बताए। 

मुलुकको पन्ध्रैां आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्य, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने उनले स्पष्ट गरे। प्रदेश सरकारबाट विगतका वर्षका महत्त्वकांक्षी प्रादेशिक योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी बजेट केन्द्रित रहने बताइएको छ।

corrent noodles
Metro Mart

मन्त्री यादवले शिक्षा, कृषिको बजारीकरण, भू–उपयोग नीति, दुग्ध उत्पादनमा वृद्धि, भूमिको अभिलेख व्यवस्थापन, सिँचाइ सुविधा, उद्योगको स्थापना, प्रवर्द्धन र विकास, प्रदेशको मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, धार्मिक पर्यटनको विकास, आवासविहीनलाई आवासको व्यवस्था गर्ने गरी बजेट ल्याउन लागिएको बताए।

यसअघि प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो।

प्रकाशित: Jun 15, 2021| 02:04 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।