बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशसभाका ओली पक्षीय सात सांसद निलम्बनमा

सुदूरपश्चिम प्रदेशसभाका ओली पक्षीय सात सांसद निलम्बनमा

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सात जना प्रदेशसभा सदस्यलाई ७ देखि २१ दिनसम्मका लागि निलम्बन गरिएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सात जना प्रदेशसभा सदस्यलाई ७ देखि २१ दिनसम्मका लागि निलम्बन गरिएको छ।

triton college

एमाले संसदीय दलका नेता नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेशसभाका सात जना सदस्यहरुको भूमिका हेरेर ७, १० र १५ दिनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्य पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन तथा नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई ७ दिन निलम्बन गरिएको नेकपा एमाले प्रमुख सचेतक दुर्गाकुमारी बिकले बताइन्। 

सात जनाले जेठ २५ गते भएको बैठकमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिएनन्। विश्वासको मत नदिएपछि स्पष्टीकरण सोधिएको थियो। सातै जनाले स्पष्टीकरण पनि बुझाएका थिए। तर स्पष्टीकरण चित्त बुझ्दो नभएकोले निलम्बन गरिएको बताइएको छ।

सातै जनाले नीति तथा कार्यक्रमविरुद्ध समेत मतदान गरेका थिए। सातै जनाले पार्टीको स्थायी समितिले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकारविरुद्ध उभिएको बताउँदै आएका छन्।

corrent noodles
Metro Mart

दलको बैठकमा सातै जनाको उपस्थिति भए पनि उनीहरुले उपस्थितिमा भने हस्ताक्षर गरेका थिएनन्। बैठकमा पठानसिंह बोहरा, रतन थापा, बलदेव रेग्मीलगायतले बोलेका थिए।

प्रदेशसभा सदस्य लिलाधर भट्टले बैठकमा अनौपचारिक रुपमा सहभागिता भएको बताए। ‘हामीले बैठकमा अनौपचारिकरुपमा सहभागिता जनायौं’, भट्टले भने, ‘अनौपचारिकरुपमै आफ्ना कुरा राख्यौं। उहाँहरुले गरेको कारबाही पार्टीको विधानअनुसार मिल्दैन, सभामुखले विवेक पुर्‍याउनुहुन्छ।’

संसदीय दलले सभामुखलाई पत्राचार गरेको खण्डमा निलम्बित प्रदेशसभा सदस्यहरु निलम्बनको अवधिमा प्रदेशसभा र प्रदेशसभाका विभिन्न समितिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ।

प्रकाशित: Jun 14, 2021| 14:59 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।